<aside class="left-side news-content col-sm-8 col-md-8"><section class="section content-editor"> <div class="featured-images"> <figure></figure> <figure> इन्डियन प्रिमियर लिग (आइपीएल) २०२१ को संस्करणको अक्सनमा नेपालबाट ८ खेलाडीको नाम सिफारिस गरिएको छ ।</figure> <figure>नेपाल क्रिकेट संघ (क्यान)ले आगामी १८ फेब्रुअरीदेखि चेन्नइमा हुने आइपीएलको अक्सनमा नेपालबाट ८ खेलाडीले नाम सिफारिस गरेको हो । सिफारिस भएका खेलाडीमा सन्दीप लामिछाने‚ विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, सरोद भेषावकर, अभिनाश बोहरा र दिपेन्द्रसिंह ऐरी रहेका छन् ।</figure> <figure>सन्दीपबाहेक अन्य खेलाडी पहिलो पटक अक्सनमा परेका हुन् । सन्दीपले दिल्ली क्यापिटल्सबाट दुई सिजन खेलिसकेका छन् । सन्दीप यस सिजनबाट दिल्लीबाट फुकुवा भएका हुन् ।</figure> </div> </section> <div class="detail-box"> <div class="editor-box"> यसअघि एजेन्टमार्फत नाम दर्ता गराउँदै आएका खेलाडीले यसपटक क्यानमार्फत नाम दर्ता गराएका हुन् । अक्सनमा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई, अमेरिका एसोसियटका खेलाडी रहेका छन् । आइपीएल अक्सनमा ६१ खेलाडी बिक्ने छन् । </div> </div> </aside>