स्पेन नेशन्स लिगको फाइनलमा: उपाधिका लागि पोर्चुगलसँग भिडन्त

A notice in Nepali from Mechinagar Ward No. 10

स्पेन नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ। गत राति भएको रोमाञ्चक सेमिफाइनल खेलमा फ्रान्सलाई ५–४ गोल अन्तरले पराजित गर्दै स्पेन उपाधि नजिक पुगेको हो।

अब उपाधिका लागि स्पेनले नेशन्स लिगको पहिलो सिजनको विजेता पोर्चुगलसँग खेल्नेछ। पोर्चुगलले अर्को सेमिफाइनल खेलमा जर्मनीलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो।

गए रातिको खेलमा स्पेनलाई जित दिलाउन युवा खेलाडी लामिन यामालले २ गोल गरे। त्यस्तै, निको विलियम्स, मिकेल मेरिनोका र पेड्रीले एक/एक गोल थपे। फ्रान्सका लागि भने केलिन एमबाप्पे, रायन चेर्की र डानी भिभियनले एक/एक गोल फर्काएका थिए, तर त्यो जितका लागि पर्याप्त भएन।

अब आइतबार म्युनिखमा स्पेन र पोर्चुगलबीच फाइनल खेल हुनेछ। यसैगरी, फ्रान्स र जर्मनीबीच स्टुटगार्टमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। नेशन्स लिगको यो संस्करणको फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ, जहाँ युरोपका दुई बलिया टोलीहरू उपाधिका लागि भिड्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.