२८ जेठ, मेचीनगर : खेलकुदक्षेत्रको विकास र प्रवद्र्धन साथै दक्ष र अनुभवी खेलाडी उत्पादन गर्ने उद्धेश्यसहित क्लोजक्याम्प सञ्चालनका लागि सहायक पाँचौ तहको सेवा सुविधासहित झापाको मेचीनगर नगरपालिकाले विभिन्न खेल विधाका नौजना खेलाडीहरुलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।
जेठ १२ गतेको कार्यपालिकाको बैठकले फुटबल, भलिबल, क्रिकेट कवडी र व्याडमिन्टनका लागि जेठ ७ देखि असार ६ गतेसम्म एक महिनाका लागि टिम प्रशिक्षकमा पूर्णबहादुर लिम्बु, फुटबलका लागि सन्तोष बस्नेत र डिकबहादुर धिमाल, फुटबलको गोलकिप्पर प्रशिक्षकका लागि लाक्पा तामाङ, भलिबल प्रशिक्षकका लागि निर्मल नेम्बाङ र सञ्जय अधिकारी, क्रिकेट प्रशिक्षकका लागि लाक्पा लामा, कवडी प्रशिक्षकका लागि अमृत मेचे र व्याडमिन्टन प्रशिक्षकका लागि दिपक घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
मेचीनगर खेलकुद विकास समितिबाट सिफारिस भएका खेलाडीहरुलाई विभिन्न खेलको क्लोजअप सञ्चालनका लागि नियुक्त गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार उनीहरुको पारिश्रमिक नगरपालिकाको चालु आर्थिक वर्ष २०८१÷०८२ को नगर विकास योजना अन्तर्गत खेलकुद विकास तर्फको वजेट शीर्षक क्लोजक्याम्पका लागि खेल प्रशिक्षक राखि खेलकुद प्रशिक्षण ‐ फुटबल, भलिबवल, क्रिमेट, व्याडमिन्टन, र कवडी अन्तरपालिकासँग साझेदारी समेतबाट)बाट उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।


























