क्रिकेट खेलाडीले पाए तलब

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय टिमका २२ अनुबन्धित खेलाडीलाई तलब प्रदान गरेको छ । अन्तर्राष्ट्रिय क्रिकट परिषद (आईसीसी) बाट रकम प्राप्त भएपछि क्यानले खेलाडीको खातामा तलब हालेको हो ।

फाइल तस्बिर : कौशल अधिकारी/क्रिकेटिङ नेपाल

यो सन् २०१९ को वर्षभरिको तलब हो । अनुबन्धअनुसार ग्रेड ‘ए’ का खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ का खेलाडीले ३५ हजार र ग्रेड ‘सी’ का खेलाडीले २५ हजार पाउने छन् । यो रकम क्यानले प्रत्येक खेलाडीमा थपिदिएको १० हजार रुपैयाँसमेत गरी हो ।

ग्रेड ‘ए’ मा ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन् ।

यस्तै ग्रेड ‘बी’ अभिनाष बोहरा, आरिफ सेख, वसन्त रेग्मी, ललितनारायण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप झोरा र सुसन भारी छन् । ग्रेड ‘सी’ मा भने इशान पाण्डे, कुलश भुर्तेल, कुशल मल्ल, प्रदीप ऐरी, राजु रिजाल र रसिद खान छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.