टोकियो ओलम्पिक अन्तर्गत तेक्वान्दोको एसियन छनोट स्थगित

A notice in Nepali from Mechinagar Ward No. 10

३ फागुन, काठमाडौं । जापानमा यही वर्ष आयोजना हुने टोकियो ओलम्पिक र पारा ओलम्पिकअन्तर्गत तेक्वान्दोको एसियाली छनोट प्रतियोगिता स्थगित भएको छ ।

आगामी मार्च २६ देखि २८ तारिखसम्म जोर्डनको अम्मानमा हुने भनिएको छनोट खेल कोरोना भाइरसको महामारीका कारण स्थगित भएको र दुई महिना पर सारिएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

संघका अनुसार एसियाली छनोटका खेल अब आगामी मे १४ देखि १६ तारिखसम्म जोर्डनको अम्मानमै हुने गरी स्थगित गरिएको छ ।

सन् २०२०मै जापानमा हुने भनिएको खेलकुदको महाकुम्भ टोकियो ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको हो ।

ओलम्पिक सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ । ओलम्पिक सकिएपछि जापानमै पारा ओलम्पिक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.