उपाधिका लागि वडा नम्बर २ र ८ बीच रोमाञ्चक भिडन्त तय

A notice in Nepali from Mechinagar Ward No. 10

३ जेठ, मेचीनगर : काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा जारी ‘प्रेसिडेन्ट कप २०८३’ फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर २ र वडा नम्बर ८ बीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार सम्पन्न सेमिफाइनल खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै दुबै टोली फाइनलमा प्रवेश गरेका हुन्।

दिनभर भएका दुबै सेमिफाइनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका थिए। पहिलो सेमिफाइनलमा वडा नम्बर ८ ले वडा नम्बर ६ लाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको पहिलो हाफको अतिरिक्त समयमा मिलन कार्कीले गरेको निर्णायक गोल नै खेलको टर्निङ प्वाइन्ट बनेको थियो।

त्यस्तै दोस्रो सेमिफाइनलमा वडा नम्बर २ ले वडा नम्बर १५ लाई २–१ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको छ। वडा नम्बर २ का सन्नी मगरले १५औँ मिनेटमा गरेको गोलमार्फत टोलीले अग्रता लिएको थियो। दोस्रो हाफमा वडा नम्बर १५ का निर्मल खत्रीले बराबरी गोल फर्काए पनि वडा नम्बर २ का बिशाल राईले ५५औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर २ का सन्नी मगर ‘म्यान अफ दि म्याच’ घोषित भए।

मेचीनगर नगरपालिका वडा नम्बर ६ को आर्थिक व्यवस्थापनमा सञ्चालन भइरहेको ‘प्रेसिडेन्ट कप २०८३’ फुटबल  प्रतियोगिताको फाइनल खेललाई लिएर खेलप्रेमीहरूमा ठूलो उत्साह देखिएको छ। प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गरेका दुई बलिया टोलीबीचको उपाधि भिडन्त अझै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

विजेता टोलीले नगद रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई जनही नगद रु. २ हजार १ सय प्रदान गरिने आयोजक प्रतिनिधि मिनबहादुर वस्नेतले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.