ट्रिनबागोलाई चौँथो पटक सीपीएल उपाधि

A notice in Nepali from Mechinagar Ward No. 10

क्यारेबियन प्रिमियर लिग (सीपीएल) को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ। ब्रेन लारा रंगशालामा बिहीबार राती भएको खेलमा ट्रिनबागोले सेन्ट लुसिया जोक्सलाई ८ विकेटले पराजित गर्दै चौँथो पटक उपाधिमाथि कब्जा जमाएको हो।

टस जितेर फिल्डिङ रोजेपछि ट्रिनबागोलाई सेन्ट जोक्सले जितका लागि १५५ रनको लक्ष्य दिएको थियो। ट्रिनबागोले १८.१ ओभरमा २ विकेट गुमाउँदै सो लक्ष्य भट्टायो।

उपाधि दिलाउने क्रममा ट्रिनबागोका लागि लेन्डल सिमोन्सले ८४ रनको आक्रामक पारी खेले। ओपनर सिमोन्सले ४९ बलमा ४ छक्का र ८ चौका हिर्काए। त्यस्तै डरेन ब्राभोले नटआउट ५८ रनको योगदान गरे।

सेन्ट लुसियाका लागि स्कट कुगेलेइज र रोस्टोन चेजले १÷१ विकेट लिए।

यसअघि ब्याटिङ गरेको सेन्ट लुसियाले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो। उसका कुनै पनि ब्याट्स्मेन ट्रिनबागोका बलरसामु खुलेर खेल्न सकेनन्।

सेमिफाइनलमा उत्कृष्ट प्रदेर्शन गरेका ओपनर रकिम कर्नवाल ८ रनमै पेभिलियन फर्किए। उनले ७ बलको सामना गर्दै २ चौका हिर्काए। सेन्ट लुसियाका लागि सर्वाधिक रन आन्द्रे फ्लेचरले बनाए। उनले २७ बलको सामना गर्दै २ छक्का र ४ चौकाको मद्दतमा ३९ रन बनाए। त्यस्तै मार्क देयलले २९ र नाजिबुल्लाह जार्डनले २४ रन जोडे।

ट्रिनबागोका लागि किएरोन पोलार्डले ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३० रन खर्चिदै महत्वपूर्ण ४ विकेट लिएका हुन्। त्यस्तै अली खान र फावद अहमदले २/२ विकेट हात पारे।

ट्रिनबागो यस सिजनमा अपराजित रहँदै उपाधि जित्न सफल भयो।

सीपीएलको यस सिजनमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले जमैका तल्लावाजबाट खेलेका थिए। उनको टिम सेमिफाइनलबाट बाहिरिएको थियो। सेमिफाइनलमा जमैका ट्रिनबागोसँगै ९ विकेटले पराजित भएको थियो।

यस सिजनको १० खेल खेलेका सन्दीपले १२ विकेट लिए। उनले सीपीएल खेलेको यो तेस्रो सिजन हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.