धुलाबारीमा रोलिङ च्यालेञ्ज कप चैत्र ७ गतेबाट

A notice in Nepali from Mechinagar Ward No. 10

झापाको धुलावारीमा प्रदेश स्तरीय रोलिङ च्यालेञ्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । रोलिङ क्लव धुलाबारीको आयोजनामा ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता’ चैत ७ गतेदेखि १४ गतेसम्म चौथो संकरण सञ्चालन हुने भएको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।

प्रतियोगितामा एक विभागीय टीमसहित ८ वटा क्लबले सहभागिता जनाउने निश्चित भएको क्लबका सचिव महेश खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक रोलिङ क्लब धुलाबारीसहित रेडहर्स इलाम, शिवसताक्षी फुटवल क्लब झिलझिले, न्यू स्टार फुटवल क्लब सुनसरी, चारआली–धाइजन फुटवल क्लब मेचीनगर, सशस्त्र प्रहरी बल (एपीएफ) पकली, पथरी फुटवल क्लब मोरङ र कणर्सिंह सोनाम फुटवल क्लब ताप्लेजुङको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टीम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमा प्रथम र दोस्रो पुरस्कारको मुख्य प्रायोजकमा मेचीनगर वडा नं. १० रहेको छ ।

क्लबका अध्यक्ष नोमेम्बर नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल महासंघका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले मगर ‘मामा’, मेचीनगर वडा नं. १० का वडाध्यक्ष सुदय पनेरु लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका उपाध्यक्ष इन्द्र आङ्दाम्बेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव महेश खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.