Wednesday, April 21, 2021
- बिज्ञापन -
गृह खेलकुदललितपुर मेयर कपको लागि रुबिना क्षेत्रीको नेतृत्वमा महिला खेलाडी छनौट

ललितपुर मेयर कपको लागि रुबिना क्षेत्रीको नेतृत्वमा महिला खेलाडी छनौट

 

मेचीनगर/ चैत्र १८, ललितपुर महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघको आयोजनामा यहि २०७७ चैत्र देखि २८ गते सम्म काठमाडौँमा संचालन गर्न लागिएको “LALITPUR MAYOR WOMEN’S CHAMPIONSHIP 2077” को लागि प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ ले रुबिना क्षेत्रीको कप्तानीमा आफ्नो १४ सदस्य टोलि घोसणा गरेको छ ।

उक्त प्रतियोगिताको लागि प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ ले अधिकांस खेलाडीहरु प्रधानमन्त्री कप २०७७ खेलेकोलाई नै  निरन्तरता दिएको छ । प्रधानमन्त्री कप-२०७७ मा प्रादेश न. १ ले फाइनल खेलमा ससस्त्र प्रहरी बल (APF) लाई हराउदै इतिहास रचेको थियो । १४ सदस्य टोलिको नेतृत्व नेपाली राष्ट्रिय महिला टोलिको कप्तान समेत रहेको रुबिना क्षेत्रीले गर्नेछिन् । रुबिना संगै टोलीमा काजोल श्रेष्ठ (उपकप्तान), अप्सरी बेगम, रोमा थापा, संगीता  राई, सबनम राई, ज्योति दनवार, निङ्गमा तामाङ्ग, निशा शाह, लकिता राजबंशी, अलिशा खडिया, स्मृति कटुवाल, प्रज्ञा कटुवाल, टिका शाह रहेका छन ।

प्रतियोगितामा  २०७७ पौष महिनामा लमही, दाङमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनलमा पुग्न सफल प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १, नेपाल ए. पि. एफ. क्लब, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश गरि ४ टिम तथा अन्य प्रदेशहरुको उत्कृष्ट खेलाडीहरु छनौट गरि तयार गरिने ललितपुर मेयर ११ टिम गरि कुल ५ टिमहरुको सहभागिता रहने प्रदेश १ का प्रशिक्षक विरु श्रेष्ठले जानकारी दिनु भयो ।।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु