मेचीनगरको दोस्रो नगर सभाको आठौँ बैठक : भदौं २३ र २४ गतेपछि सवैमा निराशा

A notice in Nepali from Mechinagar Ward No. 10

२४ पुस, मेचीनगर :  मेचीनगर नगरपालिक, नगरकार्यपालिका झापाको दोस्रो नगर सभाको आठौँ बैठक बिहीबार सम्पन्न भएको छ । नगरको सभाहलमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बैठकको अध्यक्षता गर्दै कार्यसूची प्रस्तुत गरे । नगर प्रमुख बुढाथोकीले फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गरेर बैठक शुरू भएको सहभागी नगर सभा सदस्यहरूलाई जानकारी गराएका थिए ।

भदौ २३ र २४ गतेको प्रदर्शनका कारण नगरपालिकामा पुगेको क्षतिले जनप्रतिनिधि तथा कर्मचारीले उत्साहजनकरूपमा काम गर्न नसकेको बताउँदै सुःशासनको अर्थ बुझेर प्रणालीलाई सुधारेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । योजनालाई तीब्ररूपमा अघि बढाउँदा वा कामलाई गति दिने कुरामा कुनै पनि कारणले अवरोध हुने गतिविधि गर्न नहुने हुँदा त्यसतर्फ नगर प्रमुख बुढाथोकीले सचेत गराए । ‘कार्यान्वयनमा नीतिगत समस्या हुन्छ ’ नगर प्रमुख बुढाथोकीले भने, ‘समयमै संशोधनको प्रक्रिया नआए थुप्रै योजना समयमा सम्पन्न नहुने र अलपत्र हुन्छन, बीचमा अधूरा र अलपत्र हुने योजना कहिले पनि छान्न हुदैंन् । ’

अ.ल्या. गर्ने कामका लागि नीतिगत निर्णय गर्नुपर्ने आजको आवश्यकता ओैंल्याउँदै भरिसके अ.ल्या. नगरी संशोधन गरेर आगामी वर्षका लागि बजेट विनियोजन गर्नुपर्ने उनको भनाई थियो । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सभालाई सम्बोधन गर्दै कार्यसूची पेश गरेका थिए । नगर प्रमुख बुढाथोकीले चालु आर्थिक वर्ष २०८२÷८३ को नीतिगत समिक्षा सभा समक्ष पेश गरेका थिए । मेचीनगर नगरपालिकाको आव २०८२÷८३ को वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनमा सवैको सहयोगको अपेक्षसहित नगरप्रमुख बुढाथोकीले चालु आवको बजेट तथा कार्यक्रम माथि पेश भएको संशोधित बजेट स्वीकृतिका लागि सभामा अनुरोधसहित नीतिगत समिक्षा सभा समक्ष पेश गरेका थिए ।

सुशासन तथा क्षमता विकास, सामाजिक विकास, आर्थिक विकास, वन तथा विपद् व्यवस्थापन, विधेयक र पूर्वाधार तथा शहरी विकासतर्फका नीतिगत समिक्षा नगर प्रमुख बुढाथोकीले सभामा पेश गरे । सुशासन तथा क्षमता विकास तर्फ सेवा प्रवाहसँग सम्बन्धित सफ्टवेयर प्रणाली विकास भइ सकेको र भदौं २३ र २४ को प्रदर्शनाका क्रममा कम्प्यूटर साधन क्षति भएका कारण ढिलो भएको, वडा नम्बर ६ बाट उक्त प्रणाली प्रारमभ गरिने, परियोजना ब्यवस्थापन प्रणालीका आयोजना बैंक तयार भइृ कार्यान्वयन भएको, अपाङ्गता मैत्री सहायता कक्ष सञ्चालन गरिएको, खरीद योजना तयार भई स्वीकृत भएको नगर प्रमुख बुढाथोकीले स्पष्ट पारे ।

सामाजिक विकाश तर्फ नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापज.न गरेका बाल विकास सहजकर्ता तथा बिद्यालय कर्मचारी सेवा निरन्तरता दिईएको, निजी शैक्षिक संस्थासँग शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर सहकार्य भएको, शिक्षातर्फको बिद्यालयमा हस्तान्तरित सम्पूर्ण कार्यक्रम आई इ एम आई एस प्रणाली मार्फत सञ्चालन गर्ने गरी थालनि गरिएको, मेचीनगर आधारभूत अस्पताललाई पूर्वाधार, जनशक्ति औषधि तथा प्रबिधि सेवामा सुदृढिकरण गरी २४ सैं घण्टा अत्यवश्यक सेवा सञ्चालन थालनी गरिएको साथै सवै स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा प्रदान गर्दै आएको, क्षयरोग मुक्त पालिका घोषणा पश्चात समेत निरन्तर कार्य गर्दै आइरहेको, पूर्ण खोप सूनिश्चितता तथा दिगोपन कार्यक्रम निरन्तर सञ्चालन रहेको, स्वास्थ्य स्वयमसेविकालाई एकलाख रुपैयाँ सम्मानसहित कार्यक्रम सम्पन्न गरिएको, स्वास्थ्य बीमा कार्यक्रम निरन्तर सञ्चालन भईरहेको, लैङ्गिक विकास तथा सामाजिक समावेशीकरण कार्यक्रम निरन्तर सञ्चालन भईरहेको, लैङ्गिक हिंसा विरुद्ध अभियान सञ्चालन भएको, अपाङ्ग मैत्री नगरपालिका निर्माणका लागि प्रदेश सरकार तथा साझेदार संस्थाको संयुक्त सहकार्यमा सञ्चालित कार्यक्रम निरन्तर सञ्चालन भईरहेको र लैङ्गिक हिंसा प्रतिकार्य पहँुचको क्षेत्रमा दातृ निकाय र नेपाल सरकारको साझेदारीमा तोकिएको कार्यक्रमलाई निरन्तर सञ्चालन गरिरहेको नगर प्रमुख बुढाथोकीले स्पष्ट पार्नुभयो ।
नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले चालु आर्थिक वर्ष २०८२-८३ को योजना तथा कार्यक्रमको प्रगति प्रतिबेदन सभा समक्ष पेश गरीन् । कुल बजेट एक अर्ब ९० करोड ८५ लाख ७८ हजार पाँच सय ५९ रुपैयाँमध्ये ४४ करोड ४० लाख ६४ हजार पाँच सय १८ रुपैयाँ वा २३ दशमलव २६ प्रतिशत खर्च भएको उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको वित्तिय प्रगति विवरणमा उल्लेख छ । यो अवधिमा योजना तथा पूर्वाधार विकास शाखाले ७५ दशमलव ९४ प्रतिशत, महिला तथा बालबालिका शाखाले ६६ दशमलव ६७ प्रतिशत, कृषि बिकाश शाखाले ५५ प्रतिशत, सूचना प्रविधि शाखाले ७५ प्रतिशत, प्रशासन शाखाले ८० प्रतिशत, पशु सेवा शाखाले ५९ दशमलव २६ प्रतिशत, शिक्षा युवा तथा खेलकुद शाखाले १०० प्रतिशत, स्वास्थ्य शाखाले ५३ दशमलव ८५ प्रतिशत,न्यायिक समितिले २० प्रतिशत, सामि परियोजनाले ६६ दशमलव ६७ प्रतिशत, राजस्व शाखाले ३३ दशमलव ३३ प्रतिशत, वन वातावरण तथा विपद् व्यवस्थापनले ३५ दशमलव २९ प्रतिशत, रेमि परियोजनाले ३३ दशमलव ३३ प्रतिशत र सामाजिक शाखाले २२ दशमलव २२ प्रतिशत प्रगति गरेको शाखागत योजना तथा कार्यक्रमको प्रगति विवरणमा उल्लेख छ ।

उपप्रमुख उप्रेतीले योजना तथा कार्यक्रमको वडागत प्रगति विवरण समेत प्रस्तुत गरीन् । वडा नम्बर १ का कुल २२ वटा स्वीकृत योजना भएको र १६ वटा योजना प्रक्रिया शुरू अवस्थामा रहँदा ७२ दशमलव ७३ प्रतिशत प्रगति हासील गरेको उपप्रमुख उप्रेतीले स्पष्ट पार्नुभयो । यसैगरी, वडा नम्बर २ का कुल १९ स्वीकृत योजनाहरूमध्ये ६ वटा प्रक्रियाको चरणमा रहेको र प्रतिशत प्रगती ३१ दशमलव ५८ प्रतिशत, वडा नम्बर ३ मा ३३ वटा स्वीकृत योजना ३३ वटा प्रक्रियाको चरणमा रहँदा शत प्रतिशत प्रगति हासील गरेको प्रस्तुत प्रगति विवरणमा उल्लेख छ ।

वडा नम्बर ४ मा स्वीकृत योजना ४७ रहेपनि १७ वटामात्र प्रक्रिया शुरू भएर ३६ दशमलव १७ प्रतिशत प्रगति, वडा नम्बर ५ का कुल स्वीकृत ३८ वटा योजनामध्ये १५ वटाको प्रक्रिया शुरू भएको र ३९ दशमलव ४७ प्रतिशत प्रगति, वडा नम्बर ६ का कुल ४६ वटा योजनामध्ये १७ वटाको प्रक्रिया शुरू भएर ३६ दशमलव ९६ प्रतिशत प्रगति, वडा नम्वर ७ को ५० वटा योजनामध्ये २७ वटा प्रक्रिया शुरू भएकाले ५४ प्रतिशत प्रगति हासील गरेको वडागत प्रगति विवरणमा उल्लेख छ ।

वडा नम्बर ८ का कुल ४७ वटा स्वीकृत योजनाहरूमध्ये २२ वटा प्रक्रिया शुरू भएर ४६ दशमलव ८१ प्रतिशत प्रगति, वडा नम्बर ९ को कुल ५८ वटा मध्ये २८ वटाको प्रक्रिया शुरू भएर ४८ दशमलव २८ प्रतिशत प्रगति, वडा नम्बर १० को कुल ४९ वटामध्ये २५ वटा योजनाको प्रक्रिया शुरू भएर ५१ दशमलव शून्य २ प्रतिशत प्रगति, वडा नम्बर ११ को ५३ मध्ये १५ वटा प्रक्रियाको चरणमा रहेर २८ दशमलव ३० प्रतिशत प्रगति , वडा नम्बर १२ का कुल १७ वटामध्ये १२ वटा प्रक्रिया शुरू भएर ७० प्रतिशत ५९ प्रगति, वडा नम्बर १३ का ५९ वटा योजनामध्ये ८ वटा योजना प्रक्रिया शुरू गरेर १३ दशमलव ५६ प्रतिशत र वडा नम्बर १५ को कुल ४४ वटा स्वीकृत योजनाहरूमध्ये ३० वटा प्रक्रिया शुरू भएको र ६८ दशमलव १८ प्रतिशत प्रगति हासील गरेको उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको वडागत प्रगति विवरणमा उल्लेख छ ।

सभामा सहजीकरण गर्दै प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जेनजी आन्दोलनपछि अन्य पालिकामा संयुक्त वडाबाट काम भइरहेको तर मेचीनगरमा सबै वडाबाट सेवा प्रदान गरिरहेको सभामा विचार राखेका थिए । उनले कर्मचारी व्यवस्थापनका लागि अब बैशाखदेखि लोकसेवा आयोगबाट नियुक्त भएर फ्रेस कर्मचारीहरु आउने बताउँदै ज्यालादारी, करारका अस्थायी कर्मचारीहरु स्वतः हट्नु पर्ने स्पष्ट पारे ।

नगरसभा सदस्य एवम् मेचीनगर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गिरिराज धमला, नगर सभा सदस्य एवम् वडा नम्बर २ का वडा सदस्य हरिनारायण न्यौपाने, नगर सभा सदस्य तथा वडा नम्बर ११ का वडा सदस्य रञ्जिता नेपालीले सुझाँवसहितको आ आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.