युरो कप: रसिया,इटाली र वेल्स विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी। युरो कप २०२० मा रसियाले पहिलो जित हात पारेको छ। बुधबार सेन्ट पिटर्सवर्गमा भएको समूह ‘बी’ को खेलमा घरेलु टिम रसियाले फिनल्यान्डलाई १-० गोलले पराजित गरेको हो। 

यसअघि रसिया पहिलो खेलमा बेल्जियमसँग ३-० गोलले पराजित भएको थियो। फिनल्यान्डको भने यो पहिलो हार हो। नवप्रवेशी फिनल्यान्डले पहिलो खेलमा डेनमार्कलाई १-० हराएको थियो। 

बुधबार रसियाले जित हात पार्ने क्रममा एलेक्सिइ मिरान्चुकले गरेको गोल निर्णायक बन्यो। 
उनले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए। 

यो पनि
युरो कप २०२० अन्तर्गत बुधबार राति भएको खेलमा इटालीले स्वीट्जरल्यान्ड र वेल्सले टर्कीलाई पराजित गरेको छ । इटालीले स्वीटजरल्यान्डलाई ३-० गोलको फराकिलो अन्तरले हराएको हो ।

इटालीलाई जिताउन लोकेलेटीले दुई र इमोबाइलले एक गोल गरे । जितसँगै इटाली दुई खेलबाट ६ अंकसहित ग्रुप ए को शीर्ष स्थानमा छ ।

समूह ए को दोस्रो खेलमा वेल्सले टर्कीलाई २–० अन्तरले पराजित गरेको छ ।

वेल्सका आरोन राम्सी र कनर रोबर्ट्सले २–० ले जित्दै दर्ता गर्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

खेलको पहिलको वेल्सका राम्सीले ४२ औं मिनेटमा गोल गरेका थिए । खेलको इन्ज्युरी समयको पाँचौ मिनेटमा कनर रोबर्ट्सले गोल गर्दै वेल्सको जीत सुनिश्चित गरे । जितसँगै वेल्स चार अंकसहित दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.