युरो कप: आज तीन खेल हुँदै

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी ।युरो कप २०२० अन्तर्गत आज पनि तीन खेल हुँदैछन्। साँझ ६:४५ बजे हुने खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुँदैछ।

रोमानियाको राजधानीमा बुचारेस्टमा हुने समूह ‘सी’ को खेलमा दुवै टिम पहिलो जितको खोजीमा हुनेछ।

युक्रेन आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग अन्त्यतिर गोल खान पुग्दा ३-२ गोलले पराजित भएको थियो।

युरो कपमा डेब्यू गरेको म्यासेडोनिया भने अस्ट्रियासँग हारेको थियो। अन्तिम १२ बाँकी छदा १-१ गोलको बराबरीको अवस्था रहे पनि अस्ट्रियलाले पछि दुई गोल गरेको थियो।

दुई टिमबीच अहिलेसम्म चार खेलको भएको छ। जसमा युक्रेनले दुई जित निकाल्दा म्यासेडोनिया एक खेलमा विजयी भएको छ। एक खेल बराबरीमा सकिएको थियो।

दोस्रो खेलमा राति ९:४५ बजे डेनमार्क र बेल्जियमबीच खेल हुनेछ।
डेनमार्कको राजधानी कोपनहगेनमा हुने समूह ‘बी’ को खेल बेल्जियमले डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई ‍ सुम्पिन चाहेको छ।

एरिक्सन फिनल्यान्डविरुद्धको अघिल्लो खेलमा मैदान ढलेर बेहोस भएका थिए। पछि उनको अस्पताल लाने क्रममा होस खुलेको थियो। सो खेलमा फिनल्यान्डले डेनमार्कलाई १-० ले पराजित गरेको थियो।बेल्जियले पहिलो खेलमा पनि जित निकालेकाले लगातार दोस्रो जितसहित अन्तिम १६ मा पुग्न चाहान्छ।

त्यस्तै राती १२:४५ बजे समूह ‘सी’ को खेलमा नेदरल्यान्ड्स र अस्ट्रिया भिड्दैछन्।
खेल नेदरल्यान्ड्सको आम्स्टर्डममा हुँदैछ। दुवै टिम पहिलो खेलमा विजयी भएकाले लगातार दोस्रो जितको खोजीमा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.