टी–२० विश्वकप २०२६: वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर–८ मा, नेपालको विश्वकप यात्रा समाप्त

A notice in Nepali from Mechinagar Ward No. 10
English cricketer in red jersey with 'ENGLAND' on the front, wearing a black helmet, navy blue pants, and protective gear, holding a cricket bat and raising his right hand in celebration, likely after hitting a four, on a cricket field with a blurred crowd and 'FOUR' advertisement board in the background.

आइसिसी टी-२० विश्वकप २०२६ को समूह ‘सी’ बाट सुपर-८ मा पुग्ने टोलीहरूको टुङ्गो लागेसँगै नेपालको यात्रा औपचारिक रूपमा समाप्त भएको छ। सोमबार कोलकताको इडेन गार्डेनमा भएको खेलमा इंग्ल्यान्डले इटालीलाई २४ रनले पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेपछि यस समूहबाट आयोजक वेस्ट इन्डिज र इंग्ल्यान्ड अन्तिम आठमा पुगेका हुन्। इंग्ल्यान्डले विल ज्याक्सको कीर्तिमानी २१ बलको अर्धशतक (कुल ५३ रन) को मद्दतले ७ विकेट गुमाएर २०२ रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा इटालीले बेन मानेन्टीको ६० रनको इनिङका बाबजुद ८ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो। साम करनले ३ विकेट लिँदै इंग्ल्यान्डको जित सुनिश्चित गरेपछि नेपाल र स्कटल्यान्ड एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएका छन्।

नेपालका लागि यो विश्वकप उतारचढावपूर्ण रह्यो, जहाँ पहिलो खेलमै बलियो इंग्ल्यान्डलाई कडा चुनौती दिँदै नेपाल मात्र ४ रनले पराजित भएको थियो। दीपेन्द्र सिंह ऐरीको ७१ रनको सानदार प्रदर्शनका बाबजुद नेपाल ऐतिहासिक जितबाट चुकेको थियो। तर, दोस्रो खेलमा डेब्युटान्ट इटालीसँग १० विकेटको अप्रत्याशित हार र तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपालको सुपर-८ पुग्ने सपना टुङ्गिएको हो। वेस्ट इन्डिजविरुद्ध दीपेन्द्रले ५८ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा नेपालले हार बेहोरेको थियो। अब नेपालले आफ्नो प्रतिष्ठाका लागि मंगलबार राति मुम्बईको वानखेडे स्टेडियममा स्कटल्यान्डविरुद्ध अन्तिम खेल खेल्दै विश्वकपको सुखद अन्त्य गर्ने प्रयास गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.