फिफा महिला विश्वकपको पहिलो सेमिफाइनलमा स्पेन र स्वीडेन भिडदै

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी : महिला विश्वकप फुटबलको पहिलो सेमिफाइनल आज हुँदै छ।

अष्ट्रेलियाको इडेन पार्कमा गत संस्करणमा तेस्रो भएको स्वीडेन र पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको स्पेनबीच नेपाली समय अनुसार आज दिउँसो पौने २ बजे खेल हुनेछ। फिफा बरियतामा स्वीडेन तेस्रो स्थानमा छ भने स्पेन छैठौं।

क्वाटरफाइनलमा पूर्व विजेता जापानलाई २–१ गोलले हराउँदै स्वीडेन अन्तिम ४ मा पुगेको हो। एसियाली पावर हाउस जापानलाई रोकेर सेमिफाइनल पुगेको  स्विडेन महिला टिमलाई प्रायः भन्ने गरिन्छ, देशको ‘स्वर्णिम’ पुस्ताका खेलाडी छन्। तर यही टिमले पनि अहिलेसम्म ठूलो उपाधि भने जित्न सकेको छैन।

सेमिफाइनल पुग्ने क्रममा स्विडेनले दुई ठूला खेल भने जितेको छ। त्यसमध्ये पहिलो जित त डिफेन्डिङ च्याम्पियन अमेरिकाविरुद्ध रहेको छ । अर्को जित पूर्वविजेता जापानविरुद्ध। यी दुवै खेलमा जित निकाल्न सक्नु पनि स्विडेनी टिमका लागि ठूलो उपलब्धि रहेको छ।  अन्तिम १६ मै  अमेरिकालाई रोकेको स्वीडेनले एसियाली पावरहाउस जापानलाई अन्तिम आठ रोकेको हो।

स्वीडेन यो विश्वकपमा अपराजित छ। समूह चरणमा इटालीमाथि ५–० को जित निकालेको स्वीडेनले अर्जेन्टिनालाई २–० हराएको थियो। त्यस्तै दक्षिण कोरियामाथि २–१ को जित दर्ता गरेको थियो।

स्वीडन दुई वर्षअगाडि टोकियोमा भएको ओलम्पिक्समा स्विडेन स्वर्ण पदकको नजिक भने पुगेको थियो । तर फाइनलमा क्यानडासँग पराजित भयो।  स्विडेन सन् २००३ को महिला विश्वकपको उपविजेता पनि हो।  तीनपल्ट यो टिम महिला विश्वकपको तेस्रो स्थानमा पनि रहेको छ ।

स्वीडेनको प्रतिद्वन्द्वी स्पेनले अन्तिम चारमा स्थान बनाउन अतिरिक्त समयमा साबिक उपविजेता नेदरल्यान्ड्सलाई २–१ हराएको थियो। स्पेनका लागि क्वाटरफाइनल पुग्नु नै ठूलो थियो। छैठौं वरीयताको टिम भए पनि स्पेन यसअघि कहिले पनि क्वाटरफाइनल पुगेको थिएन । यसअघिका दुई संस्करणमा स्पेन त्यस अगाडि नै रोकिएको थियो। विश्वकपको नवौं संस्करणसम्म पुग्यो स्पेनको यो तेस्रो  विश्वकप हो।

लिग चरणका दुई खेलपछि स्पेनले आफ्नो छवि नै बिगारेको थियो, जापानविरुद्धको खेल ४–० ले गुमाएर। त्यसपछि त स्पेनी प्रशिक्षक जोर्गे भाल्डाले टिममा व्यापक परिवर्तन गरे। त्यसैले यो टीमले स्विट्जरल्यान्डलाई ५–१ ले हरायो । समूह चरणमा  कोस्टारिकालाई ३–० ले पराजित गरेको थियो भने  जाम्बियालाई ५–१ ले पराजित  गरेको थियो।

दोस्रो सेमिफाइनलमा बुधबार आयोजक अस्ट्रेलिया र इंग्ल्याण्डबीच हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.