चन्द्रगढी महिला गोल्ड कप:उपाधिका लागि एपीएफसँग आर्मी भिड्दै

A notice in Nepali from Mechinagar Ward No. 10
Two female football players, one in a light blue jacket and dark blue pants, and the other in a blue tracksuit with a green and white logo on the chest, holding a large gold trophy with a black base and a yellow sign that reads 'WINNER' in English and Nepali, at the Chandragadi Women's Gold Cup.

भद्रपुर, बैशाख १४। भद्रपुरमा जारी ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप प्रतियोगिताको आज हुने फाइनल खेलमा एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

यस अघिको सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले हराउँदै विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ  फाइनल प्रवेश गरेको थियो । त्यसैगरी सेमिफाइनलको अर्को खेलमा आर्मीले नेपाल पुलिस फुटबल क्लबलाई २–१ गोल अन्तरले हराएर फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो।

प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको लक्ष्मी रानीबाई स्पोर्टस एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.