पूर्वी नेपालमा तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन मौसमविदको आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

सुनसरी,४ चैत्र। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
विभागका अनुसार भोलि (चैत्र ५ गते, शुक्रबार) दाङ र नेपालगञ्ज सहित लुम्बिनी प्रदेश का तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको छ। त्यस्तै पर्सि शनिबार विराटनगर, धनकुटा र धरान आसपासका पूर्वी जिल्लामा पनि तीव्र हावाहुरी आउने अनुमान गरिएको छ।
पूर्वानुमान अनुसार हावाहुरीको गति करिब ३३ मिटर प्रति सेकेण्ड (झण्डै ११८ किलोमिटर प्रति घण्टा) सम्म पुग्न सक्ने बताइएको छ। यस्तो अवस्थामा रूख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको विभागले जनाएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभागले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.