१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

कोसीमा प्याराग्लाइडिङ खस्दा वडाध्यक्ष गम्भीर घाइते

सेयर:

३१ असोज, सुनसरी : सुनसरीको धरान उपमहानगगरपालिका–४ छोटी मोरङबाट उडेको प्याराग्लाडिङ सप्तकोसी नदी किनारामा खस्दा वडाध्यक्षसमेत रहेका चालक रोशन अधिकारी गम्भीर घाइते भएका छन् ।

प्याराग्लाइडिङ उडाउँदै धरान–१४ स्थित विजयपुरको मैदानमा अवतरण हुनुपर्नेमा आइतबार दिउँसो अचानक आएको पानीसँगै हावाहुरीले धकेलेर करिब २५ किलोमिटर पश्चिममा पर्ने उदयपुरको बेलाका नगरपालिका क्षेत्रको लाहुरे खोच नजिकै कोसी नदीको किनारमा दुर्घटनाग्रस्त भएको थियो । ४८ वर्षीय अधिकारी धरान–१ का वडाध्यक्ष हुन् । उनको स्काई एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले छोटीमोरङबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान गर्दै आएको छ ।

अध्यक्ष अधिकारी स्वयम्‌ले सोलो पाइलटको तालिम लिएकोले बेलाबेलामा आफै पनि उड्दै आएका थिए । घाइते वडाध्यक्ष अधिकारीलाई बेलकाबाट उद्धार गरेर प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरेको छ

प्रहरीका अनुसार उनको कम्मरमा गम्भीर चोट लागेको छ । उनको ढाडमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।