पुष्कर शाहको नेतृत्वमा १६ साइकल यात्री विराटनगरमा

विराटनगर | आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने उदेश्यका सुदूरपश्चिमको महेन्द्रनगर हुँदै पूर्वको पशुपतिनगरसम्मको यात्रामा निस्केको साइकल यात्रीहरुको टोली विराटनगरवाट आज झापा तर्फ लागेको छ । सुर्यास्त हुने सुदुरपश्चिमको चाँदनी दोधाराबाट सुरु भइ सुर्योदय हुने इलामको श्रीअन्तुमा पुगेको यात्रा समापन हुनेछ ।

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा काठमाडौंका १६ जना साइकल यात्रीसहितको उक्त टोली चाँदनी दोधाराबाट हिडेको २० दिनका दिन विराटनगर आइ पुगेको हो । ‘नेपाल सइकल उत्सव’ नाम दिएको उक्त साइकल यात्रीको टोली मंगलबार झापाको विर्तामोडमा बास वस्ने छ । वुधवार इलामको श्रीअन्तु पुगेर यात्रा समापन गर्ने विश्व साइकल यात्री पुष्कर शाहले बताए । विराटनगरमा सोमवार साँझ साइकल यात्रीको टोलीलाई आन्तरिक पर्यटन पुनउत्थान समितिका संयोजक भविश कुमार श्रेष्ठ, सहसंयोजक बासु बराल, हानका केन्द्रीय सदस्य राजन श्रेष्ठ, नाटाका प्रदेश अध्यक्ष उदय श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष पुन्य भट्टराई, बाटाका विराटनगर अध्यक्ष फडिन्द्र अधिकारी, मेची उद्योग बाणिज्य संघका सदस्य दिपेन्द्रराज पाण्डे लगाएतका पर्यटन व्यवसायीहरुले स्वागत गरेका थिए ।

कोभिड महामारीका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको ‘नेपाल सइकल उत्सव’ नाम दिएर यात्रा सुरु गरेको पुष्कर शाहले वताए । नेपाल पर्यटन बोर्डको सहकार्यमा भभियान थालीएको हो ।

महेन्द्रनगरबाट सुरु हुने साइकलयात्राले ठाकुरद्वारा, नेपालगञ्ज, सुर्खेत, घोराही, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौंडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान हुदै विराटनगर आइपुगेको हो । विभिन्न स्थानमा पर्यटन व्यवासीहरुसँग छलफल गरिएको शाहले बताए ।

‘जिवन रहे सम्म भाइरस रही रहन्छ । त्यसैले लुकेर कति समय बस्ने भन्ने सोचले यात्रामा निस्कियौं’ शाहले भने । उनले काठमाडौंको जस्तो त्रास अन्यत्र नपाएको भन्दै सजहकताका साथ कोरोनालाई सामना गर्दै अघि बढ्नुको विकल्प नभएको बताए । उनका अनुसार चाँदनीबाट सुरु भएको यात्रा २२ दिनमा श्रीअन्तु पुगेर समाप्त गर्ने लक्ष्य लिएको छ । साइकल यात्राले डराएर बसेको आन्तरिक पर्यटनलाई बाहिर निष्कन आत्मावल थपेको पुनउत्थान समितिका संयोजक श्रेष्ठले बताए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्तिको माग

२० कात्तिक, मेचीनगर  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन—जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.