प्रदेश १ को आन्तरिक पर्यटन पुनरोत्थान समितिले पायो पूर्णता

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर । ‘आन्तरिक पर्यटन पुनरोत्थान समिति प्रदेश १’ ले पूर्णता पाएको छ । नेपाल पर्यटन बोर्डले प्रदेश १ मा २२ जना नयाँ सदस्यहरु नियुक्त गरेसँगै समितिले पूर्णता पाएको हो ।
बोर्डले समितिको प्रदेश–१ संयोजकको जिम्मेवारी पर्यटन व्यवसायी एवं घुमघाम मिडिया प्रालिका अध्यक्ष भविसकुमार श्रेष्ठलाई यसअघि नै दिएको थियो ।

बोर्डले बिहीबार समिति सदस्यमा ताप्लेजुङका सुरेश लिम्बु, पाँचथरबाट बिमला श्रेष्ठ सुब्बा र दिपेन तम्बापो, इलामबाट कमला बाँस्कोटा (रिजाल), शारदा उप्रेती पराजुली र दिब्या भट्टराई, झापाबाट राजन दंगाल र इन्दिरा श्रेष्ठ, मोरङका फडिन्द्र अधिकारी र ज्ञान मणि नेपाललाई चयन गरेको छ।

यसैगरी सुनसरीबाट दुर्गा थापा, जीवन पराजुली र प्रमेश श्रेष्ठ, भोजपुरवाट दौलत थुलुङ राई, संखुवासभाबाट टीका गुरुङ, ओखलढुंगाका निमा शेर्पा र थकेन्द्रराज राई, खोटाङका राजु लयालु, धनकुटाका खगेन्द्र कुमार, सोलुखुम्बुका नुतन श्रेष्ठ, तेह्रथुमका प्रकाश श्रेष्ठ र उदयपुरका शिवप्रसाद अधिकारीलाई बोर्डले सदस्य तोकेको छ ।

समितिको सह–संयोजकमा नाटा प्रदेश १ का अध्यक्ष उदय श्रेष्ठ र धरानका पर्यटन व्यवसायी वासु बराललाई यसअघि नै तोकिएको थियो ।

कोभिड–१९ महामारीका कारण नेपालको समग्र पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्न गएको अवस्थामा महामारीको जोखिम नेपालमा घट्दै गएसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन समिति गठन गरिएको हो ।

समितिले प्रदेश सरकार, स्थानीय सरकार, पर्यटन व्यवसायीहरू र सरोकारवालासँग समन्वय गरी प्रदेशस्तरीय आन्तरिक पर्यटन प्रबद्र्धन कार्यक्रमहरू तर्जुमा गर्ने जनाइएको छ।

प्रदेशभरका पर्यटकीय गन्तव्य तथा गतिविधिहरू पहिचान गरी अभिलेख तयार पार्न र समन्वयकारी भूमिका खेल्ने जिम्मेवारी पनि समितिलार्य छ।

यसैगरी नेपालीहरूलाई देशभित्रका विभिन्न पर्यटकीय गन्तव्यहरूको भ्रमणका लागि अभिप्रेरित गरी टुर अपरेटर र होटल व्यवसायीलाई विशेष छुटसहितका प्याकेजहरू ल्याउन प्रोत्साहित गर्ने र भ्रमण प्याकेजहरू निर्माण गर्न समितिलाई अधिकार दिइएको छ।

सञ्चारकर्मी तथा पर्यटन सरोकारवालाहरू सहभागी गराई प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको परिचयात्मक भ्रमण आयोजना गर्न समन्वय गर्ने काम पनि समितिको जिम्मेवारीमा रहेको जनाइएको छ।

पर्यटनसम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय समुदाय र सञ्चारकर्मीसँग सहकार्यमा पर्यटन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सिफारिस गर्नेजस्ता कामहरू समितिले गर्ने उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.