पर्यटन पुनरुत्थानका लागि खप्तड र बडिमालिकामा सरोकारवालाहरुको भ्रमण

A notice in Nepali from Mechinagar Ward No. 10

धनगढी  | कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाइ पुनरुत्थान गर्नको लागि सुदुरपश्चिमका विभिन्न क्षेत्रमा सरोकारवाला निकायका व्यक्तिहरुले भ्रमण गरेका छन् ।

नाट्टा सुदुरपश्चिमका अध्यक्ष तथा पर्यटन पुनरुत्थान समिति सुदुरपश्चिमका संयोजक माया प्रकाश भट्टको पहलमा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा.धनन्जय रेग्मी, नाट्टा केन्द्रका अध्यक्ष अच्युत गुरागाईं,नाट्टा प्रदेश नम्बर १ का  अध्यक्ष उदय कुमार श्रेष्ठ, नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर), नेपाल पर्यटन बोर्डका पुर्व सदस्य कृष्ण महरा, नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत रोहिणी खनाल, होटेल व्यबसायी संघ कैलालीका अध्यक्ष कलम बम र महासचिव केशब दत्त पाण्डेय लगायत बिभिन्न प्रदेशका पर्यटन पुनरुत्थान समितिका प्रतिनिधिहरु लगायतका पर्यटन संग सरोकार राख्ने व्यक्तिहरुले यस प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय स्थल खप्तड तथा बडिमालिका लगायत बिभिन्न रमणीय स्थलको भ्रमण पश्चात यी पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पर्यटन पुनरुत्थानमा महत्वपुर्ण टेवा पुग्ने नाट्टा सुदुरपश्चिमका अध्यक्ष तथा पर्यटन पुनरुत्थान समिति सुदुरपश्चिमका संयोजक माया प्रकाश भट्टले जानकारी दिएका छन् साथै यो भ्रमण कार्यक्रममा  हेलिकप्टर लगायत विभिन्न प्याकेजको व्यवस्था गर्ने समुहलाई समेत धन्यवाद दिएको छ । ‘देव भुमी सुन्दर ठाउँ, सुदूरपश्चिम(मानसखण्ड )घुम्न जाउँ’ जस्ता नारा लिएर पर्यटन पुनरुत्थान समिति  सुदुर पश्चिमले विभिन्न कार्यक्रम गर्दै आएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.