गोकर्णेश्वर र मेचीनगर नगरपालिकाबीच असल अभ्यासको आदान प्रदान

१७ चैत, मेचीनगर –  स्थानीय तहहरुले गरेका असल अभ्यास÷प्रयासहरुलाई संकलन तथा अभिलिखिकरण गर्ने उद्धेश्यका साथ झापाको मेचीनगर नगरपालिका आइपुगेको गोकर्णेश्वर नगरपालिका काठमाडौंबीच आइतबार असल अभ्यासको आदान प्रदान भएको छ ।

गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामाको नेतृत्वमा आएको टोली र मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी उपप्रमुख मीना पोख्रेल उप्रेतीबीच विविध विषयमा छलफल भएको थियो । उपप्रमुख मीना पोख्रेल उप्रेतीले सहभागीहरूलाई स्वागत गर्दै विविध विषयमा जानकारी गराउनुभएको थियो ।

गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामाले आफ्नो टोलीको अध्ययन अवलोकन भ्रमणको उद्धेश्य माथि प्रकाश पारीन् । २०७१ मंसिर १६ गते साविकका सुन्दरीजल, नयाँपाटी, बालुवा, जोरपाटी र गोकर्णेश्वर गाविसहरू मिलेर गोकर्णेश्वर नगरपालिका भएको, राष्ट्रिय जनगणना २०७८ को जनगणना अनुसार गोकर्णेश्वर नगरपालिकाको कुल जनसंख्या १ लाख १५ हजार ४ सय ३७ र ३१ हजार ३ सय एउटा घरधुरी रहेका उपप्रमुख लामाले जानकारी गराउनुभयो । गोकर्णेश्वर नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक भएको हो ।

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले देशका सवै पालिकाबीच समन्वयको आवश्यकतामा जोड दिदै सवै पालिकामा भएका असल अभ्यास एक अर्का पालिकामा आदान प्रदान गर्नुपर्ने बताए । संघियताको सफलताका लागि स्थानीय तहबीच समन्वय हुनुपर्ने सहभागीहरुको भनाई थियो ।

सुशासनसँग सम्बन्धित विभिन्न विषयगत क्षेत्रहरूमा स्थानीय तहहरूबाट अनुभवको आदान–प्रदान हुने यस अन्तरकृया कार्यक्रमबाट स्थानीय तहको सेवा प्रवाह सुधार हुने आशा व्यक्त गदैं मेचीनगर नगरपालिका उपप्रमुख उप्रेतीले उहाँहरुको भ्रमणको सफलताको शुभकामना व्यक्त गरीन् । स्थानीय तहले स्थानीय आर्थिक विकास, विद्युतीय सुशासन, सार्वजनिक वित्त व्यवस्थापन, नवप्रवर्तन साझेदारी कोष, आवधिक योजना लगायतका विषय क्षेत्रमा आफ्ना स्थानीय सरकारहरूले गरेका असल अभ्यास र प्रयासहरू एक अर्काबीच आदान प्रदान गर्नुपर्नेमा उपप्रमुख उप्रेतीको थियो ।

असल अभ्यास आदान प्रदान गर्ने पद्धतिले नागरिकलाई सु–सुचित गर्नुका साथै संघीयतालाई संस्थागत गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरीन् । स्थानीय तहका असल अभ्यासलाई नतिजामुखी बनाउनु पर्ने र यस्ता अन्तरकृया कार्यक्रमहरूलाई स्थानिय तहका उत्पादनहरूको प्रवर्धन गर्ने अवसरको रूपमा समेत लिनुपर्ने विचार दुवै पालिकाका प्रमुखउपप्रमुखको भनाई थियो । स्थानीय तहका ‘असल अभ्यास’ आदान प्रदान कार्यक्रम निक्कै प्रभावकारी बन्ने समेत बताइएको छ । मेचीनगर नगरपालिका न्यायिक समिति सदस्य कुन्दन निरौला, अधिकृत इन्दिरा खरेल, कानूनी सल्लाहकार अधिवक्ता इन्द्रकमल प्रधानले न्यायिक समितिमा प्राप्त मुद्धाका प्रकृति त्यसको समाधानलगयातका विषयमा पाहुना टोलीलाई जानकारी गराएका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.