तीनदिने तालिम समापन

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर, १५ बैशाख | प्रदेश नमबर १ को राजधानी विराटनगरमा तीन दिने ‘डिजिटल मार्केटिङ एण्ड प्रोडक्ट प्याकेजिङ’ तालिम समापन भएको छ । गएको सोमबार प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा उद्घाटन गर्नुभएको तालिमको समापनमा सहभागी सवैलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
नेपाल पर्यटन बोर्ड तथा नेपाल एसोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश नम्बर १ को संयुक्त आयोजना र विराटनगर एशोसियसन अफ ट्राभल एजेन्टको सहकार्य रहेको तालिममा प्रदेशभरिका ४० जना पर्यटन व्यवसायी सहभागी थिए ।

उनीहरुलाई नेपाल पर्यटन बोर्डका प्रवन्धक सुमन घिमिरे, आन्तरिक पर्यटन प्रवद्र्घन पुनःरुत्थान समितिका संयोजक एवम् पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठ, नेपाल एसोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद भट्टराई, सचिव सुरेन्द्र पौडेल सदस्य ज्ञानमणि नेपाल, विराटनगर एशोसियसन अफ ट्राभल एजेन्ट अध्यक्ष फण्न्द्रि अधिकारी लगायतले संयुक्तरुपमा सहभागिताको प्रमणपत्र प्रदान गर्नुभएको थियो । सहभागीहरुलाई नेपाल पर्यटन बोर्डका दिनेश बस्नेतले ‘डिजिटल मार्केटिङ एण्ड प्रोडक्ट प्याकेजिङ’ का विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

नेपाल एसोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठको सभापतित्वमा भएको समापन समारोहको सञ्चालन नाट्टा प्रदेश नम्बर १ का महासचिव नविन खरेलले गर्नुभएको थियो ।

उद्घाटन सत्रमा बोल्दैं राज्यमन्त्री ओझाले पर्यटन क्षेत्रको पूर्वाधार निर्माण र प्रचारमा ध्यान दिन सके प्रदेश एकको पर्यटन क्षेत्रले कम समयमै फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको थियो । राज्यमन्त्री ओझाले प्रदेश नम्बर १ जैविक विविधतायुक्त र मनोरम ठाउँ भएकाले सानो मेहनतले पनि ठूलो लाभ लिन सकिने तर्क राख्नुभयो ।

विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि दर्जनौं मनोरम पर्यटकिय क्षेत्र भएपनि प्रदेश एकमा पर्यटकिय क्षेत्रको विकास र विस्तार हुन नसकेको भन्दै राज्यमन्त्री ओझाले पर्यटकिय क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

पर्यटन व्यवसाय एउटाले मात्र गरेर सफल नहुने भन्दै राज्यमन्त्री ओझाले त्यसकालागि सरकार नीजि क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अहिलेको एक्काइसौं शताब्दीको व्यवसाय डिजिटल व्यवसाय भएकाले त्यसका लागि व्यवसायीले पनि आफ्नो सीप तथा क्षमतालाई बिस्तार गर्नुपर्नेमा राज्यमन्त्री ओझाको जोड छ । प्रदेश नम्बर १ का पर्यटन व्यवसायीलाई नेपाल पर्यटन बोर्डले दिएको डिजिटल मार्केटिङ र प्रोडक्ट प्याकेजिङ तालिमले व्यवसाय बिस्तार हुनुका साथै उत्पादनको विविधिकरण भई रोजगारी र आम्दानी बढाउन सहयोग पुग्ने ओझाको विश्वास छ ।

नेपाल पर्यटन बोर्डका प्रवन्धक सुमन घिमिरेले कोभिड १९ ले थला परेको पर्यटन व्यवसायलाई सानो भएपनि सहयोग पुग्ने ध्येयले कोभिडको दोस्रो लहरकाबीच स्वास्थ्य सावधानी अपनाएर बोर्डले तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । अहिलेको युग डिजिटल युग भएको भन्दै प्रवन्धक घिमिरेले प्रविधिले वस्तु तथा सेवाको उत्पादन लागत घटाउनुका साथै व्यवसाय सरल र सहज बनाई आम्दानीमा गुणात्मक बृद्धि गर्नेे बताउनुभयो । तालिम पछि पर्यटन व्यवसायीले आधुनिक तरिकाबाट आफ्नो उत्पादनको बजार प्रवर्द्धन गर्न सक्षम हुने प्रवन्धक घिमिरेको भनाई छ । कार्यक्रमलाई होटल एशोसियसन अफ नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठ, पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठ, तुलसी पोखरेल लगायतले कोभिड १९ ले थला परेको पर्यटन व्यवसायलाई उकास्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.