बिहीबारदेखि चन्द्रागिरि केबलकार सञ्चालनमा आउने

कोरोनाको महामारीले झण्डै ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार सञ्चालनमा आउने भएको छ।

सरकारले असोज १ देखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै चन्द्रागिरि हिल्सले विशेष सुरक्षा विधि अपनाएर भोलि १० बजेदेखि केबलकार सञ्चालनमा ल्याउन लागेको चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए।

‘चन्द्रागिरि हिल्स प्रालिले कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी चन्द्रागिरि केबलकार भोलिबाट सञ्चालनमा ल्याउने तयारी गरेका छौं’, शाहले भने।

निषेधाज्ञा खुकुलो भएसँगै अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न व्यापार/व्यवसाय खुला भएका छन्।

चन्द्रागिरि केबलकार सञ्चालनमा आएपछि सामाजिक दूरी कायम गरी एउटा केबलकारमा जम्मा चार जनामा मात्र बस्न पाइने छ। यसअघि ८ जनासम्म यात्रा गर्न सकिने थियो।

महाप्रबन्धक शाहले प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, स्यानिटाइज गर्ने लगायत सम्पूर्ण व्यवस्था मिलाइसकिएको जानकारी दिए।

‘अब पहिलो चरणमा ५० प्रतिशत क्षमताका आधारमा विस्तारै सञ्चालन गरिनेछ,’उनले भने।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.