पाथीभरा वन क्षेत्रमा डढेलो नियन्त्रण नहुँदा रेडपाण्डा  सङ्कटमा

A notice in Nepali from Mechinagar Ward No. 10

ताप्लेजुङ ।  ६ दिनदेखि लागेको आगो नियन्त्रणमा आउन नसक्दा  ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा पाइने रेडपाण्डा  सङ्कटमा परेको छ ।  करिब ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, अहिले आँकलन गर्न नसकिने उनले बताए ।

 

त्यसैगरी रेडपाण्डाको बासस्थान पूरै डढेलोले खरानी बनाएपछि कति रेडपाण्डा अर्को स्थानमा जान सफल भए वा कति आगोले जलेर मरे भन्ने अहिले अनुमान गर्न नसकिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।पाथीभरा क्षेत्रको वनमा ८० हेक्टरभित्रको ब्लकमा आठदेखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा बासस्थान भएको पनि उनले बताए ।

 

 

आगलागीको कारण भने अझै खुलेको छैन । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अहिले सम्म आगो निभाउने प्रयास गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.