कुकुर तिहार रिल प्रतियोगिता आयोजना, उत्कृष्टले एक लाख जित्ने

मौलिक संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले प्रतियोगिता गर्न लागेको हो

A notice in Nepali from Mechinagar Ward No. 10
कुकुर तिहार रिल प्रतियोगिता–२०२६ सम्बन्धी सांकेतिक तस्बिर
🎧 समाचार सुन्नुहोस्नेपाली अडियो वाचन

📌 मुख्य बुँदाहरू:

  • नेपालको मौलिक संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट प्रवर्द्धन गर्न पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को पहलमा नेपाल पर्यटन बोर्डले यो प्रतियोगिता गर्न लागेको हो।
  • प्रतियोगितामा उत्कृष्ट रिल बनाउने सहभागीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
  • सहभागी हुन चाहनेहरूले सन् २०२६ नोभेम्बर २१ भित्र अंग्रेजी भाषा वा सबटाइटलसहितको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरी पठाउनुपर्नेछ।

नेपालको मौलिक संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को पहलमा नेपाल पर्यटन बोर्डले उक्त प्रतियोगिता गर्न लागेको हो।

प्रतियोगितामा उत्कृष्ट रिल बनाउने सहभागीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यस प्रतियोगितामार्फत कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई विश्वभर चिनाउने मुख्य लक्ष्य राखिएको छ।

सहभागिताका नियम र अन्तिम मिति

प्रतियोगितामा सहभागी हुनका लागि इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो तयार गरी इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ। अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गर्दै भिडियो अंग्रेजी भाषामा हुनुपर्ने वा अंग्रेजी सबटाइटल अथवा भ्वाइसओभर राखिएको हुनुपर्ने नियम निर्धारण गरिएको छ।

यस प्रतियोगितामा सहभागी भई भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ। आयोजकले तोकिएको मापदण्डअनुसार उत्कृष्ट ठहरिने सिर्जनालाई पुरस्कृत गरिने जनाएको छ।

📢 ताजा समाचार सिधै पाउन जोडिनुहोस्:हाम्रो आधिकारिक ह्वाट्सएप च्यानल तथा भाइबर समुदाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

डेटा बचत मोड