दुई वर्षदेखि हराई रहेका पाँच बालकको भारतबाट उद्धार

A notice in Nepali from Mechinagar Ward No. 10

१५ साउन, काँकरभिट्टा :  करिब दुई वर्षदेखि अभिभावकसँग सम्पर्क विहीन रहेका पाँच बालकलाई भारतबाट उद्धार गरिएको छ ।
विश्व सेवा विस्तार संस्थाको पहलमा आफ्नै घरबाट वेपत्ता भई भारत पुगेका पाँच बालकलाई दुई वर्षपछि भारतको कलकत्ताबाट उद्धार गरिएको हो ।
विश्व सेवा संस्थाले शुक्रबार उसकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उद्धार गरी ल्याइएका बालकहरुलाई सार्वजनिक गरेको हो ।
२०७६ साल मंसिर २८ गते शनिबारदेखि अभिभावकको सम्पर्क विहीन रहेका मेचीनगरका चार जना तथा दमकका एक जना बालकको उद्धार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

उद्धार गरिएका बालकहरुमा मेचीनगर –१, गाडागल्लिका १६ वर्षिय अनिस विश्वकर्मा र १४ वर्षिय महेश विश्वकर्मा, मेचीनगर–५, अधेरीका १५ वर्षिय नवीन लिम्बू र १६ वर्षिय रोमन कटुवाल रहेका छन् । त्यस्तै अर्का बालकमा दमकका १४ वर्षिय खेम राजवंशी रहेका छन् । उनीहरुलाई शुक्रबार नै अभिभावकहरुको जिम्मा लगाइएको छ ।

भारतको कलकत्ता स्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा विश्व सेवा विस्तार संस्थाले त्यहाँ रहेको बालगृहमा रहेका बालकहरुको उद्धार गरेको संस्थाका कोअर्डिनेटर कुमार बस्नेतले जानकारी दिनुभयो ।

कोअर्डिनेटर बस्नेतका अनुसार महावाणिज्य दूतावासका राजदूत शतिसकुमार थापाको सहयोगमा बालकहरुको उद्धार गरिएको हो ।
पत्रकार सम्मेलनमा बालकहरुका अभिभावकहरुले झण्डै दुई वर्षदेखि हराइ रहेका आफ्ना छोराहरुको उद्धार गरि दिएकोमा विश्व सेवा विस्तार समाजप्रति आभार प्रकट गर्नुभएको थियो।

सो अवसरमा उद्धार गरी ल्याइएका बालकहरुले आफूहरु घुम्नका लागि भारत गएका बेला आफूहरुलाई नियन्त्रणमा लिएर भारतको पश्चिम बंगाल स्थित जलपाईगुडी जिल्लाको एक बाल गृहमा लगिएको बताए ।

१८ महिना अघिदेखि हराइ रहेको आफ्नो नातीलाई देख्न/भेट्न पाउँदा आँफू अत्यन्तै हर्षित भएको उद्धार गरिएका मेचीनगर–१, गाडागल्लीका खड्गबहादुर विश्वकर्माले बताउनुभयो ।

‘हामीहरु कुनैदिन नाती फर्केर आउँला भन्ने आशामा थियौं, आँखा भरि आँशु पार्दै विश्वकर्माले भने–‘ आज त्यो पर्खाइको समय सकिएको छ, यसमा विगत दुई महिनादेखि अहोरात्र खटिएर उद्धारमा लागिदिने विश्व सेवा विस्तार संस्थालाई हामी धन्यवाद दिन्छौं ।’
दुई वर्षदेखि बेपत्ता छोराहरुलाई भेटेपछि अन्य अभिभावकहरु समेत खुशी हुनुभएको थियो।

सो अवसरमा संस्थाका कोअर्डिनेटर बस्नेत, वरिष्ठ सदस्य प्रमिला दुरालले अभिावकसमक्ष जिम्मा लगाइएको बालकहरुको राम्रो रेखदेख तथा हेरचाहका लागि अभिभावकहरुलाई आग्रह गर्नुभएको थियो ।
विश्व सेवा विस्तारले विगत पाँच वर्षदेखि झापाको काँकरभिट्टा तथा भद्रपुरस्थित सीमानाकामा रहेर चेलबेटी बेचविखन तथा बाल अधिकारको क्षेत्रमा रहेर गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.