जोन्सन खोप लगाएको दुई घन्टापछि धादिङमा एक जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

८ साउन, काठमाडौं : कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएको दुई घन्टा पछि धादिङमा  एक वृद्धको रहस्यमय मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ का नरबहादुर श्रेष्ठ रहेका छन्। जिल्लाको निलकण्ठ नगरपालिकाले सुनौलाबजारमा सञ्चालन गरेको खोप केन्द्रमा हिँडेरै पुगेका उनी खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमै आराम गरेर घर फर्किएपछि मृत्यु भएको हो।

 

‘खोप केन्द्रबाट घर पुगेपछि असहज महसुस भएछ, पुन: स्वास्थ्य केन्द्रमा ल्याउँदा उहाँलाई चिकित्सकले मृत घोषणा गरे’, धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बताए।

ढकालका अनुसार पहिले देखिनै विभिन्न खालका स्वास्थ्य समस्या रहेको उनलाई खोप को कारणले हो वा अन्य कारणले भन्ने यकिन नभएको र त्यसको बारेमा स्वास्थ्य मन्त्रालयमा रिपोर्टिङ गरिसकेको बताए।

कोराना विरुद्धको अरु खोप दुई डोज लगाउनुपर्ने भए पनि यो खोप एक डोज मात्रै लगाए पुग्छ। अमेरिकामा यो खोप लगाउँदा मानिसहरुमा रगत जम्ने समस्या देखिएको भन्दै केही समय खोप अभियान नै रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.