दार्चुला घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

A notice in Nepali from Mechinagar Ward No. 10

१७ साउन, काठमाडौं : गृह मन्त्रालयले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर नेपाली नागरिकको हत्या गरेको घटनाबारे छानबिन गर्न एक समिति गठन गरेको छ।

मन्त्रालयले दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा आइतबार पाँच सदस्यीय एक समिति गठन गरेको हो।

गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट सदस्य छन।

घटनाबारे सत्यतथ्य बुझेर १० दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई म्याद दिइएको छ। शुक्रबार बिहान व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर महाकाली नदीमा बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.