सुदूरपश्चिम प्रदेशमा ओली समूहका ७ सांसद निलम्बन

A notice in Nepali from Mechinagar Ward No. 10

३१ जेठ, काठमाडौं : सुदूरपश्चिम प्रदेशको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ७ जना सांसदलाई निलम्बन गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले ७ संसदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

संसदीय दलले जारी गरेको ह्वीप पटकपटक उल्लंघन गरेको आरोप लगाउँदै संसदीय दलले ती सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो । निलम्बनमा पर्नेमा पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, माया तमाङ, बलदेब रेग्मी, ग्याल्बु बोहरा रहेका छन् ।

सोमबार बसेको दलको बैठकले उनीहरुलाई ७ देखि १५ दिनका लागि निलम्बन गर्ने निर्णय गरिएको हो । जसअनुसार बोहरा र थापालाई १५ दिन, भट्ट र रेग्मीलाई १० दिन तथा चौधरी, तामाङ र ग्याल्बु बोहरालाई ७ दिन निलम्बन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.