आज यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

A notice in Nepali from Mechinagar Ward No. 10

मनसुनी वायुको प्रभावले हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आइतबार बिहान कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने महाशाखाको पूर्वानुमान छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा दिउँसो मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको हुने महाशाखाको पूर्वानुमान् छ|

आज राति पनि देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा र कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.