देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना, झापामा समेत बाढीको जोखिम बढ्दै

जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै बाढीको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। विशेषगरी, कञ्चनपुरसहित सुदूरपश्चिम र पहाडी जिल्लाहरूका ससाना नदी तथा खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

नदीहरूको वर्तमान अवस्था
मङ्गलबार बिहान गरिएको मापनअनुसार, नारायणी, वाग्मती, कर्णाली र यिनका सहायक नदीहरू, साथै कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ। यस्तै, कोसी र महाकाली र यिनका सहायक नदीहरूको बहाव भने सतर्कता तहको आसपासमा छ।

बाढीको सम्भावित जोखिम क्षेत्र
उच्च जोखिम: विभागको पूर्वानुमानअनुसार, कञ्चनपुर र आसपासका जिल्ला भएर बग्ने ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

मध्यम जोखिमको उच्च सम्भावना: दोलखा, सिन्धुपाल्चोक, रामेछाप, हुम्ला, बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कैलाली र आसपासका जिल्ला भएर बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्नेछ र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ।

मध्यम जोखिमको मध्यम सम्भावना: इलाम, झापा, मोरङ, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, तनहुँ, डोल्पा, मुगु, बर्दिया र आसपासका जिल्ला भएर बग्ने केही नदी तथा खोलाको बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको छ।

विभागका अनुसार, दिउँसो कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ भने राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.