१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्रीले गर्ने, १९ देशका खेलाडीसहित एनआरएनएको सहभागिता

कर्णाली प्रदेशमा सुरु भएको महाउत्सवको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते हुने भएको छ भने प्रतियोगितामा गैरआवासीय नेपाली संघबाट ८२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

सेयर:

कर्णाली प्रदेशमा सुरु भएको महाउत्सवको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते हुने भएको छ भने प्रतियोगितामा गैरआवासीय नेपाली संघबाट ८२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

📌 मुख्य बुँदाहरू:

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते प्रधानमन्त्रीबाट हुने.
  • प्रतियोगितामा १९ देशका प्रतिनिधि समेट्दै एनआरएनएका तर्फबाट ८२ खेलाडीको सहभागिता रहने.
  • पौडी खेलका विभिन्न विधामा अस्ट्रेलिया र अमेरिकाबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल.
  • कर्णाली प्रदेश रङ्गशालामा हुने उद्घाटन समारोहमा मार्च पास र सांस्कृतिक झाँकी प्रस्तुत गरिने.

कर्णाली प्रदेशमा आयोजित बहुप्रतीक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन हुने भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा एक विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गरिनेछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक कर्णालीमा आयोजना गरेको यस महाउत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।

वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीबाट प्रतियोगिताको औपचारिक उद्घाटन हुने जानकारी दिए। उद्घाटन समारोहमा विद्यालय, सुरक्षा निकाय र खेलाडीहरूको मार्च पासका साथै विभिन्न सांस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिनेछ। आवासीय व्यवस्थापन तथा पूर्वाधारका केही तयारीका कारण औपचारिक उद्घाटनअघि नै गत मंसिर ८ गतेदेखि नै विभिन्न खेलहरू सञ्चालन भइसकेका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहेताले यस प्रतियोगितालाई कर्णाली प्रदेशले उत्सवका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।

एनआरएनएको तर्फबाट १९ देशका खेलाडीको सहभागिता

प्रतियोगितामा विदेशमा बस्ने नेपालीहरूको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि उत्साहजनक सहभागिता जनाएको छ। विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूूमिसँग जोड्ने उद्देश्यसहित एनआरएनए स्पोर्ट्स एकेडेमीको नेतृत्वमा १९ देशका खेलाडीसहित कुल ८२ जनाको टोली कर्णाली पुगेको छ। एनआरएनएका युवा उपाध्यक्ष एवं स्पोर्टस एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार व्यक्तिगत तथा सामूहिकतर्फ ११ खेलका ७९ विधा र तौल समूहमा संघका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

पौडीमा उल्लेख्य सफलता

प्रतियोगिताअन्तर्गत नेपालगन्जमा सम्पन्न पौडी स्पर्धामा एनआरएनएका खेलाडीहरूले उत्कृष्ट नतिजा हात पारेका छन्। अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक जितेकी छिन् भने अमेरिकाबाट सहभागी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित १२ पदक आफ्नो नाममा पार्न सफल भएकी छिन्। खेल तालिकामा आएको फेरबदलका कारण बक्सिङ खेलमा भने सहभागिता जनाउन नसकिएको स्पोर्टस एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिएका छन्।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।