१३ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

कांग्रेस-एमालेबीचको बैठक विना निष्कर्ष सकियो

सेयर:

नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीच शनिबारको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छलफलमा दुबै दलका नेताहरू आ-आफ्नै अडानमा रहेकाले कुनै ठोस निर्णय नभएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए।

पोखरेलले एमसिसीका बारेमा गठबन्धनको राय प्रष्ट हुनुपर्ने एमालेले कुरा राखेको बताए। उनले भने, ‘जबसम्म सरकार र सत्ता गठबन्धनको धारणा आउँदैन तबसम्म प्रतिपक्षको धारणाको अर्थ हुँदैन भनेर हामीले कुरा राखेका छाैं।’

एमालेले कांग्रेससँग संसदमा आफूहरू उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउने दायित्व सरकारको र सत्ता गठबन्धनको भएको जवाफ दिएको छ।

यस्तै बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताए। प्रतिनिधिसभालाई सञ्चालन गरेर एमसिसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने कांग्रेसको प्रस्ताव एमालेले स्वीकार नगरेको कार्कीले जानकारी दिए।

शनिबारको छलफलमा कांग्रेसका तर्फबाट मन्त्री कार्कीसहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी थिए।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।