१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नागरिकता विधेयक जस्ताकाे त्यस्तै बहुमतले पारित

सेयर:

२ साउन, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनःविचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको नागरिकता विधेयकलाई प्रतिनिधि सभाको बैठकले जस्ताकाे त्यस्तै बहुमतले पारित गरेको छ । प्रस्तावको पक्षमा सत्तारुढ गठबन्धनको मत परेको थियो भने विपक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका दलले मत जाहेर गरेका थिए ।

राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्तुत गर्नुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयकलाई पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई सदनमा निर्णयार्थ पेस गर्नुभयो । प्रस्तावलाई पारित गर्नुभन्दा अघि मतविभाजन गरिएको थियो । सभामुख सोपकोटाले मतविभाजनको परिणाम सार्वजनिक गर्नुभयो । पक्षमा १३५ मत, विपक्षमा ६० मत परेको छ । सदनमा १९५ जना सांसदको उपस्थिति थियो ।

संसद्का दुवै सदनबाट पारित भइसकेको नागरिकतासम्बन्धी विधेयक साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनु भएको थियो । तर, राष्ट्रपति भण्डारीले सन्देशसहित साउन २९ गते सो विधेयक पुन: विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियो ।

बैठकमा उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलमा ७९ जना सांसदले भाग लिनुभयो । छलफलपछि गृहमन्त्री खाणले सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिनुभएपछि नागरिकता विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाले सो प्रस्तावलाई स्वीकृत गरेसँगै अब पुनः सो राष्ट्रिय सभामा छलफलका लागि पेश हुनेछ । राष्ट्रिय सभामा पनि सांसदले धारणा राख्नु भएपछि सो विधेयकको विषयमा सभाले निर्णय लिने छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।