मेचीनगरमा मतदान शान्तिपूर्णरुपमा सम्पन्न, मतगणना स्थलको फुटेज निर्वाचन आयोगको केन्द्रिय कार्यालयले सोझै हेर्न सक्ने

A notice in Nepali from Mechinagar Ward No. 10
पढ्न लाग्ने समय: ३ मिनेट • कुल शब्द: ३८०

३० वैशाख, मेचीनगर : झापाको मेचीनगर —१ स्थित श्री जनकल्याण प्राथमिक विद्यालय बाहुनडाँगी देवीगञ्ज मतदान केन्द्रमा मतदानका क्रममा दुईपक्षबीच विवाद भएको छ ।

समाचार स्रोतका अनुसार गठबन्धनका कार्यकर्ताले नमूना मतपत्र मतदान स्थलमा लगेर मतदाताहरुलाई सिकाएको विषयमा गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच सामान्य विवाद भएको हो । दुईपक्षबीच हातहालाहालको अवस्था आएको थियो ।

त्यसवाहेक १५ वटा वडा रहेको नगरभित्रका ३५ मतदान स्थल र १ सय २ वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाले जनाएको छ । विहान ७ बजेबाट मतदान शुरु भएको थियो ।

४५ हजार ११ सय १२ पुरुष र ४५ हजार ९० महिला गरी कुल ९० हजार २ सय २ जना मतदाता रहे पनि कतिले मतदान गरे त्यसको विवरण प्राप्त हुन बाकी रहेको उहाँको भनाई छ ।

मेचीनगरमा कुल ७६ पदका विभिन्न ११ राजनीतिक दल र स्वतन्त्र १३ गरी कुल ३ सय १९ जना चुनावी प्रतिस्पर्धामा छन् । मेचीनगर नगरपालिका वडानम्बर ११ मा एमालेकातर्फबाट दलित सदस्यमा उम्मेद्वारी दर्ता गराउनुभएकी रञ्जिता नेपाली यसअघि निर्विरोध निर्वाचित हुनुभएको छ ।

विभिन्न मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकामा ल्याउने काम भइरहेको निर्वाचन अधिकृत वेदराज फूयाँलले जानकारी दिनुभयो । मतपेटिकाहरु कार्यालयमा आइपुगेपछि कानुनी प्रक्रिया पुरा गरेर मतगणना शुरु गर्ने फूयाँलको भनाई छ ।

निर्वाचनको मतगणनाका लागि मेचीनगर नगरपालिका कार्यालयमा तयारी पुरा भएको छ । मतगणना स्थललाई कडा सुरक्षा घेरामा राखिएको छ । फलामे जारी भित्र मतगणना गर्ने तयारी छ । मतगणना स्थलमा सिसि क्यामेरा जडान गरिएको छ । मतगणना स्थलको सिसि क्यामेराको फुटेज निर्वाचन आयोगको केन्द्रिय कार्यालय काठमाण्डौबाट सिधै हेर्न सकिने र नगरको निर्वाचन अधिकृतले भिडियो ट्याकिङ्ग गर्न सक्ने छन् ।

मतगणनास्थलमा मोबाइल फोन पूण रुपमा निधेष गरिएको छ भने पानीका बोतल समेत लान नपाइने व्यवस्था गरिएको छ । एउटा दलबाट दुई जना गणना प्रतिनिधि एक पटकमा बस्न पाइने व्यवस्था गरिएको छ । तीन ठाउँबाट मतगणना सुरु गरिने र दुइ वटा ठाउँ थप गरी जम्मा पाँच ठाउँमा मतगणना गर्ने तयारी गरिएको छ ।

निर्वाचनका क्रममा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगर — ९ को कवि शिरोमणि मावि, नेकपा एमालेकातर्फबाट नगरप्रमुख पदका उम्मेद्वार गोपालचन्द्र बुढाथोकीले हरि प्रावि, उपप्रमुख पदका उम्मेद्वार मीना पोखरेल उप्रेतीले मेचीनगर—६ स्थित काँकरभिट्टा मावि, नेपाली गठबन्धनकातर्फबाट नगरप्रमुख पदका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले मेचीनगर— १० शिशु साक्षर आधारभुत विद्यालयको मतदान केन्द्र क बाट मतदान गर्नुभएको थियो । गठबन्धनकातर्फबाट नगर उपप्रमुख पदका उम्मेद्वार प्रकाश भण्डारीले मेचीनगर— ९ को कवि शिरोमणि मावि, मतदानस्थलमार्फत मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेचीनगरको उपप्रमुख पदकी उम्मेद्वार सविना बजगाईले चारआलीस्थित सहिद दशरथ चन्द मावि मतदान स्थानका केन्द्रमा मतदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.