अर्थमन्त्री वाग्लेको अभिव्यक्ति चाप्लुसीपूर्ण : नायक राजेश हमाल

भारत भ्रमणका क्रममा अर्थमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यसले नेपालको सार्वभौमसत्ता र परराष्ट्र नीतिको गरिमा कमजोर पार्ने दाबी गरेको छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
नायक राजेश हमाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
पढ्न लाग्ने समय: २ मिनेट • कुल शब्द: २९६

📌 मुख्य बुँदाहरू:

  • नायक राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारतप्रतिको हालैको अभिव्यक्तिलाई ‘चाप्लुसीपूर्ण प्रस्तुति’ भन्दै तीव्र आलोचना गरेका छन्।
  • अर्थमन्त्रीले आफ्नो पदीय दायरा नाघेको र नेपालको लामो समयदेखिको परराष्ट्र नीतिको आधारलाई विकृत पार्ने जोखिम मोलेको हमालको आरोप छ।
  • नेपाल–भारत सम्बन्ध भूगोल, इतिहास र संस्कृतिमा आधारित रहेकाले यसलाई व्यक्तिगत सुविधवाद वा चाकरीको विषय बनाउन नहुनेमा उनको जोड छ।

काठमाडौं । नायक राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारतसम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। अर्थमन्त्रीको भनाइलाई ‘चाप्लुसीपूर्ण प्रस्तुति’को संज्ञा दिँदै उनले यसले नेपालको सार्वभौमसत्ता र परराष्ट्र नीतिको गरिमामा आँच पुर्याएको बताएका छन्।

अर्थमन्त्री वाग्लेले आफ्नो पदीय दायरा नाघेको उल्लेख गर्दै हमालले नेपालको लामो समयदेखिको परराष्ट्र नीतिको आधारलाई नै विकृत पार्ने जोखिम मोलेर यस्तो अभिव्यक्ति दिएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो प्रस्तुतिले देशको सार्वभौमसत्ताको गरिमालाई कमजोर पार्ने र दुई देशबीचको लामो समयदेखिको सम्बन्धको उपहास गर्ने बताएका छन्।

Npl s3 roadblock
Npl s3 roadblock

परराष्ट्र नीतिमा व्यक्तिगत विवेकको प्रयोग नगर्न सुझाव

गत साता नयाँ दिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुने क्रममा अर्थमन्त्री वाग्लेले ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लक्षित गर्दै हमालले नेपालको परराष्ट्र नीति सधैँ राष्ट्रिय सार्वभौमसत्ता, गरिमा र दीर्घकालीन सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन्।

“यो व्यक्तिगत विवेक वा राजनीतिक सुविधवादको विषय बन्नु हुँदैन,” हमालले भनेका छन्, “कुनै पनि पदमा बसेको व्यक्तिले नेपालको अन्तर्राष्ट्रिय कदलाई कमजोर पार्ने बयान वा सर्तहरू मार्फत यी आधारहरूसँग सम्झौता गर्नु हुँदैन।”

Npl s3 roadblock
Npl s3 roadblock

नेपाल–भारत सम्बन्ध ऐतिहासिक र रणनीतिक

नेपाल–भारत सम्बन्ध सधैँ भूगोल, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धमा गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उनले यसलाई सुदृढ गर्नुपर्ने सुझए दिएका छन्। छिमेकीहरूसँग बलियो सम्बन्ध बनाउन गरिने हरेक इमानदार प्रयासको स्वागत गर्नुपर्ने तर प्रतिनिधिहरूबाट परिपक्व कूटनीतिक विवेकको अपेक्षा गरिने उनको भनाइ छ।

यो सम्बन्धलाई व्यक्तिगत चाकरी वा सार्वजनिक उपहासको पात्र बन्ने खालका टिप्पणीहरूमा सीमित गर्न नमिल्ने धारणा समेत उनले व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.