१२ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मुख्यमन्त्री पाए मात्रै राप्रपा नयाँ गठबन्धनमा जाने

सेयर:

१७ असार, बिराटनगर : कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायकमध्ये एक मानिएको राप्रपासँग कांग्रेस र माओवादीका नेताहरूले चरणबद्ध छलफल गरिरहेका छन् । तर प्रदेशसभामा ६ सिट भएको राप्रपाले कांग्रेस-माओवादीको गठबन्धनसँग मुख्यमन्त्री आफूले पाउनुपर्ने सर्त अगाडि सार्न थालेको छ ।

कोशी प्रदेशमा कांग्रेस र एमाले नेतृत्वका दुबै गठबन्धनमा स्पष्ट बहुमत नभएका कारण नयाँ सरकार गठनमा अन्योल बढिरहँदा सत्ताको साँचो बोकेर बसेको राप्रपाले मुख्यमन्त्री पाउनुपर्ने सर्त अघि सार्न थालेको हो ।

‘नयाँ गठबन्धनबाट सरकार गठनका लागि प्रस्ताव आउँदा हामीले मुख्यमन्त्री पाउनुपर्ने सर्त राख्नेछौं,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने । कोशी प्रदेशमा अहिलेको गठबन्धनमा एमाले र राप्रपाका गरी ४६ सदस्य रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा राप्रपाको भने ६ सिट छ ।

एमाले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनमा जटिलता देखिएको छ । प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ गरी ४६ सांसद छन् । जसपाको भने एक सांसद छन् । सभामुखले भने सरकार गठनको क्रममा मतदान गर्न पाउँदैनन् ।

एमालेलाई साथ दिँदै आएको राप्रपालाई कांग्रेस र माओवादीले आफ्नो पक्षमा पार्न सकेमा मात्रै उनीहरूको सरकार सहज रुपमा बन्ने अवस्था छ ।

तर राप्रपाले अर्को गठबन्धन जानुपरेको खण्डमा मुख्यमन्त्री पदलाई ‘बटम लाइन’ बनाउन थालेको हो ।

पुस १० गते संघमा बनेको गठबन्धन अनुसार पुस २३ मा एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा कोशीको सरकार गठन भएको थियो ।

राष्ट्रपनि निर्वाचनसँगै गठबन्धन फेरिए पनि कोशी प्रदेश सरकारबाट गत महिना माओवादी केन्द्र बाहिरिएको थियो । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि बिहीबार प्रस्ताव राखेका थिए । प्रस्तावको पक्षमा एमाले र राप्रपाको ४६ मत परेको थियो भने विपक्षमा ४३ मत परेको थियो । बहुमतका लागि आवश्यक ४७ मत पुर्‍याउन नसक्दा कार्की नेतृत्वको सरकार ढल्न पुगेको छ ।

इकान्तिपुरबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।