१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

ललितपुरमा चोरी भएको २४ घण्टाभित्रै तीन जना पक्राउ, नगद र गरगहना बरामद

डेरामा कोही नभएको मौका छोपी ताल्चा फुटाएर चोरी गर्ने तीनै जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी लाखौँ मूल्यका सामान बरामद गरेको छ।

सेयर:

डेरामा कोही नभएको मौका छोपी ताल्चा फुटाएर चोरी गर्ने तीनै जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी लाखौँ मूल्यका सामान बरामद गरेको छ।

📌 मुख्य बुँदाहरू:

  • ललितपुरमा चोरी भएको २४ घण्टाभित्रै तीन जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा प्रवेश मुनि शाक्य, अमित महर्जन र गोविन्द लामा रहेका छन्।
  • प्रहरीले उनीहरूबाट एक लाख ८५ हजारभन्दा बढी नगद र सुनचाँदीका गरगहना बरामद गरेको छ।

ललितपुरमा डेरामा कोही नभएको मौका छोपी नगद तथा गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरूलाई चोरी भएको २४ घण्टाभित्रै चोरीका सामानसहित पक्राउ गरिएको हो।

बाँकेको कोहलपुर नगरपालिका–१० घर भई ललितपुर महानगरपालिका–१५ भेल्पा मन्दिर नजिक डेरा गरी बस्ने २६ वर्षीय मनिष श्रेष्ठको कोठामा गत मंसिर ९ गते राति चोरी भएको थियो। कोठामा कोही नभएको मौका छोपी ढोकाको भित्री ताल्चा फुटाएर उनीहरू भित्र पसेका थिए। उनीहरूले नगद, सुनचाँदीका गरगहना र अन्य सामान चोरी गरेका थिए।

घटनाबारे सूचना पाएलगत्तै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा चोरीमा संलग्न तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूको विवरण र बरामद सामग्री

प्रहरीका अनुसार पक्रा우 पर्नेमा ललितपुर महानगरपालिका–६ सुन्धाराका ३६ वर्षीय प्रवेश मुनि शाक्य, ललितपुर महानगरपालिका–७ दुपाटका ३७ वर्षीय अमित महर्जन र काभ्रेको नमोबुद्ध नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–७ ग्वार्को बस्ने २९ वर्षीय गोविन्द लामा रहेका छन्।

प्रहरीले उनीहरूबाट एक लाख ८५ हजार ६२० रुपैयाँ नगद, सुन तथा सुनका औँठी, टप, रिङ, बाला, तिलहरी, हारलगायतका गरगहना बरामद गरेको छ। त्यस्तै चाँदीका गहना, दियो, मोतीको माला, चार थान मोबाइल, दुई थान घडी र दुई थान खाली पर्स पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।