१४ मंसिर २०८३ ☀️ २७°C मेचीनगर
🥇 सुन: रु. २,४८,१०० | 🥈 चाँदी: रु. ३,२१५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

नेपाल र बङ्गलादेशबीच व्यापार तथा पर्यटन सहकार्य बढाउन निजी क्षेत्रको साझेदारीमा जोड

चट्टोग्राममा आयोजित कार्यक्रममा ऊर्जा, हवाई सम्पर्क र पर्यटन क्षेत्रमा आर्थिक साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको छ।

सेयर:

चट्टोग्राममा आयोजित कार्यक्रममा ऊर्जा, हवाई सम्पर्क र पर्यटन क्षेत्रमा आर्थिक साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको छ।

📌 मुख्य बुँदाहरू:

  • नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क र पर्यटन क्षेत्रमा आर्थिक सहकार्य विस्तारमा जोड दिइएको छ।
  • बङ्गलादेशको चट्टोग्राममा आयोजित कार्यक्रममा ढाकास्थित नेपाली राजदूतावासका उपप्रमुख प्रतीक कार्कीले नेपाली निजी क्षेत्रसँग साझेदारी गर्न आग्रह गरेका छन्।
  • कार्यक्रममा नेपाली दूतावासका प्रथम सचिव योजना बम्जनले दुई देशबीच आर्थिक साझेदारीका सम्भावनाहरूबारे प्रस्तुतीकरण दिएका थिए।

नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा पर्यटन क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्न दुवै देशका निजी क्षेत्रबीच साझेदारी आवश्यक रहेकोमा जोड दिइएको छ। बङ्गलादेशको प्रमुख बन्दरगाह सहर चट्टोग्राममा बिहीबार साँझ आयोजित ‘नेपाल–बङ्गलादेश आर्थिक सहकार्यः व्यापार तथा पर्यटन सम्बन्ध सुदृढीकरण’ विषयक कार्यक्रममा सो कुरामा जोड दिइएको हो।

कार्यक्रममा ढाकास्थित नेपाली राजदूतावासका उपप्रमुख प्रतीक कार्कीले दुई देशबीच आर्थिक साझेदारीका क्षेत्रमा निरन्तर प्रगति भइरहेको बताए। उनले व्यापार, ऊर्जा, हवाई सम्पर्क, पर्यटन तथा जनस्तरको सम्बन्धलाई आर्थिक साझेदारीका प्रमुख क्षेत्रका रूपमा उल्लेख गर्दै चट्टोग्रामका व्यवसायीलाई नेपालको निजी क्षेत्रसँग साझेदारी गर्न आग्रह गरे।

आर्थिक साझेदारी र सम्भावनाबारे छलफल

सो अवसरमा नेपाली दूतावासका प्रथम सचिव योजना बम्जनले नेपाल र बङ्गलादेशबीच आर्थिक सहकार्यका प्रमुख क्षेत्र तथा दुवै देशका व्यवसायीबीच साझेदारी विस्तारका सम्भावनाबारे विस्तृत जानकारी दिएका थिए। दुई देशबीचको व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउन र लगानीका नयाँ अवसरहरू खोज्न यस प्रकारका अन्तरक्रियात्मक कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।