कतै हिमपात,कतै वर्षाकाे सम्भावना :मौसमविद

काठमाडौं।आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार र मंगलबार भने देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ। १५ तारिख (सोमबार) भने अहिलेको भन्दा अलिकति बढी प्रभाव पार्ने गरी पश्चिमी वायुको प्रणाली नेपाल भित्रिँदै छ । त्यसको प्रभावले आज राति कोशी र गण्डकीका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ ।

सोमबार रातिदेखि भने गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.