१२ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

फेवातालको माटो झिक्ने निर्णय

सेयर:

कास्की — बाँध मर्मतका लागि पानी घटाइएको फेवातालबाट माटो झिकिने भएको छ । तालको सतहमा बर्सेनि माटो थुप्रिने क्रम बढ्दा सतहमा असर परेको भन्दै गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आइतबार उक्त निर्णय गरेको हो । चैतभित्र माटो झिकिसक्ने निर्णय गरिएको पर्यटन मन्त्री विकास लम्सालले बताए ।
माटो झिक्ने कामको संयोजन मन्त्रालयको वन वातावरण महाशाखाले गर्नेछ । ‘बाँधदेखि गैह्राको चौतारासम्म माटो झिक्ने तयारी गरेका छौं,’ मन्त्री लम्सालले भने, ‘यसका लागि एक/डेढ करोड रुपैयाँ खर्च लाग्छ ।’ सोमबारदेखि डिजाइन इस्टिमेट बनाई काम थालिने मन्त्रालयले जनाएको छ । तालबाट निकालिने माटो पार्क वा पैदलमार्गमा प्रयोग गरिनेछ ।
‘बाँध मर्मत भइरहेको छ । पानी पर्‍यो भने र बाँधका ढोकाको काम सकियो भने तालमा पानी भरिँदै जान्छ । यही मौकामा बाँधको कामलाई असर नपुग्ने गरी माटो झिक्छौं,’ मन्त्री लम्सालले भने । माटो फाल्ने काममा स्थानीयले पनि चासो देखाएको उनले बताए । बाँध मर्मतका लागि गत माघ २३ देखि पानी सुकाएर काम भइरहेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।