१५ बैशाख, दमक : झापाको दमकमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक – ९ अडियामल बस्ने घनश्याम धिमालको श्रीमती बर्ष ३८ की लिलामाया धिमालको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरी अनुसार विहान पौने १० बजेतिर आफ्नै घरमा नुहाउनको लागि मोटर चलाउने क्रममा अचानक करेन्ट लागि घाईते भएकी थिईन् । उपचारका लागि निम्स अस्पताल दमकमा पुर्याएकोमा उपचारका क्रममा चिकित्सकले विहान ११ :३० बजे मृत घोषणा गरेको बताइएको छ ।
















