मुस्ताङमा थोरङला पास गरेर फर्केका पथप्रदर्शकको मृत्यु - मेरो मेचीनगर

मुस्ताङमा थोरङला पास गरेर फर्केका पथप्रदर्शकको मृत्यु

मनाङबाट पदयात्रामा आएका सोलुखुम्बुका २७ वर्षीय लाक्चन्द्र कुलुङ मुक्तिनाथको होटलमा अचेत अवस्थामा फेला परेका थिए

A notice in Nepali from Mechinagar Ward No. 10
मुस्ताङको मुक्तिनाथ क्षेत्रको एक दृश्य

📌 Key Takeaways:

  • मनाङबाट थोरङला पास गरी मुस्ताङ आएका पथप्रदर्शक लाक्चन्द्र कुलुङको मृत्यु
  • मुक्तिनाथको होटलमा नुहाउने क्रममा बाथरुममा अचेत भेटिएका कुलुङको प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा निधन
  • हिमालयन हब एड्भेन्चर प्रालिमार्फत फ्रान्सेली पर्यटकको टोली लिएर पदयात्रामा गएका थिए मृतक

मनाङतर्फबाट राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गको प्रसिद्ध थोरङला पास गरी मुस्ताङ आइपुगेका एक पथप्रदर्शकको मृत्यु भएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ का २७ वर्षीय लाक्चन्द्र कुलुङको उपचारका क्रममा बुधबार राति प्रदेश अस्पताल जोमसोममा निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर महतका अनुसार मृतक कुलुङ हिमालयन हब एड्भेन्चर प्रालिमार्फत फ्रान्सका महिला पर्यटकलाई मार्गदर्शन गर्दै मनाङ हुँदै थोरङला पास गरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथ पुगेका थिए।

Npl s3 content block
Npl s3 content block

होटलको बाथरुममा अचेत फेला परेका कुलुङ

प्रहरीका अनुसार मुक्तिनाथस्थित एक होटलमा बाह्रौँ दिनको पदयात्रापछि बास बसेका कुलुङ नुहाउनका लागि बाथरुम गएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि शङ्का लागेर होटल सञ्चालकले इलाका प्रहरी कार्यालय मुक्तिनाथमा खबर गरेका थिए।

खोजतलास गर्दा कुलुङ बाथरुममा अचेत अवस्थामा भेटिएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि जोमसोमस्थित प्रदेश अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.