दसैँ बिदामा पनि बिर्तामोडको बीएण्डसी हस्पिटलबाट नियमित स्वास्थ्य सेवा सुचारु

अष्टमीदेखि एकादशीसम्म चार दिन आकस्मिक कक्षसहित विशेषज्ञ चिकित्सकबाट सेवा दिइने अस्पतालले जनाएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पताल

📌 मुख्य बुँदाहरू:

  • बिर्तामोडस्थित बीएण्डसी हस्पिटलले बडा दसैँको विदामा पनि बिरामीलाई सेवा प्रदान गर्ने भएको छ।
  • कात्तिक २ गतेदेखि ५ गतेसम्म आकस्मिक कक्षबाट सबै प्रकारका विशेषज्ञ चिकित्सकहरूले सेवा उपलब्ध गराउनेछन्।
  • चाडपर्वका समयमा हुन सक्ने दुर्घटना तथा स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै आकस्मिक कक्षलाई थप चुस्त बनाइएको छ।

बिर्तामोडस्थित बीएण्डसी हस्पिटलले बडा दसैँको सार्वजनिक बिदाका समयमा पनि बिरामीलाई निरन्तर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले दसैँको चार दिनको बिदामा अर्थात् कात्तिक २ गतेदेखि ५ गतेसम्म आकस्मिक कक्षबाट सबै प्रकारका विशेषज्ञ चिकित्सकहरू मार्फत सेवा दिने व्यवस्था मिलाएको हो।

बीएण्डसी मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बडा दसैँको अष्टमीदेखि एकादशीसम्मको चार दिन बिदा परे पनि बिरामीले सहज रूपमा सेवा पाउन भन्ने उद्देश्यले सेवा सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार यस अवधिमा आकस्मिक सेवाका साथै रेडियोलोजी, प्रयोगशाला तथा अन्तरङ्ग सेवाहरू पनि नियमित रूपमा सञ्चालन हुनेछन्।

आकस्मिक कक्ष र ओपिडी सेवालाई थप चुस्त

चाडपर्वका समयमा यातायात दुर्घटनाबाट घाइते हुने, हृदयाघात, खाना अपच तथा झाडापखाला लगायतका स्वास्थ्य समस्याहरू बढी देखिन सक्ने भएकाले विशेषज्ञ चिकित्सकहरूबाट आकस्मिक कक्षबाटै उपचार सेवा दिने प्रबन्ध मिलाइएको अस्पतालले जनाएको छ। दसैँ बिदाका समयमा अस्पताल बन्द हुने आशंकाले बिरामीहरू अन्योलमा पर्न सक्ने भएकाले सेवा सञ्चालनबारे स्पष्ट पारिएको गिरीको भनाइ छ।

अस्पतालका अन्य नियमित सेवाहरू सीमित वा बन्द हुने भए पनि बिरामीलाई कुनै पनि किसिमको असहजता नहोस् भन्नका लागि आकस्मिक कक्षलाई थप व्यवस्थित गरिएको छ। साथै, आकस्मिक कक्षमा थप डेस्क स्थापना गरेर ओपिडी (बाहिरङ्ग विभाग) का बिरामीहरूलाई समेत प्रभावकारी रूपमा सेवा प्रदान गर्ने तयारी गरिएको हस्पिटलले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.