📌 Key Takeaways:
- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित चार जनाको शपथग्रहण रोकिएको छ।
- अदालतमा मुद्दा विचाराधीन र अनियमितता प्रकरण किनारा नलागेका कारण सन्तोष चालिसे, मोहन बस्नेत, उमेशचन्द्र यादव र विनिता खड्काले शपथ नपाउने भएका हुन्।
- नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ कार्यक्रम बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ।
- अदालतबाट सफाइ पाएपछि मात्र उनीहरूले जिम्मेवारी पाउने बताइएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित चार जनाले पदीय जिम्मेवारीको शपथ लिन नपाउने भएका छन्। अदालतमा मुद्दा विचाराधीन रहेका तथा अनियमितता प्रकरण किनारा नलागेका कारण उनीहरूको शपथ रोकिएको हो।
पार्टीका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा तय गरिएको छ। तर, यस कार्यक्रममा केन्द्रीय सदस्यहरू सन्तोष चालिसे, मोहन बस्नेत, उमेशचन्द्र यादव र विनिता खड्कालाई सहभागी नगराउने तयारी गरिएको छ। निर्वाचनबाट केन्द्रीय सदस्यमा विजयी भएकी विनीता खड्कालाई निर्वाचन समितिले निर्वाचित भएको औपचारिक घोषणासमेत गरिसकेको छैन।

मुद्दा किनारा नलागेसम्म जिम्मेवारी नदिने अडान
कांग्रेस स्रोतका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेका कारण चारै जनाको शपथ तत्कालका लागि रोकिएको हो। व्यक्तिले गरेको दोषको भारी पार्टीले नबोक्ने र त्यस्तो जिम्मेवारी व्यक्ति आफैँले व्यहोर्नुपर्ने स्पष्ट पारिएको छ। अदालत वा सम्बन्धित निकायबाट सफाइ पाएपछि मात्र उनीहरूले आफ्नो जिम्मेवारी प्राप्त गर्ने छन्।

















