मृत घोषणा गरिएका मोरङका पदमबहादुर ६ महिनापछि घर फर्किए

मृत घोषणा गरिएका मोरङका पदमबहादुर ६ महिनापछि घर फर्किए, अन्त्येष्टि गरिएको शव कसको थियो?

सुनसरीको दुर्घटनामा मृत्यु भएको ठानी परिवारले दाहसंस्कार गरेका ३७ वर्षीय पदमबहादुर राय भारतको आसामबाट जीवितै फर्किएपछि प्रहरीले पुरानो फाइल पुनः खोलेको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
मोरङको लेटाङ घटनाबारे जानकारी दिँदै प्रहरी

📌 Key Takeaways:

  • मोरङको लेटाङका ३७ वर्षीय पदमबहादुर राय गत जेठमा मृत घोषित भई दाहसंस्कार गरिएको भए पनि ६ महिनापछि जीवितै घर फर्किएका छन्।
  • परिवारले उनको मृत्यु भएको ठानी दुर्घटना बीमाबापत ५ लाख ५० हजार रुपैयाँ बुझेकोमा रकम फिर्ता गर्ने र प्रहरीलाई सहयोग गर्ने बताएका छन्।
  • अन्त्येष्टि गरिएको शव कसको थियो र परिवारले कसरी गलत सनाखत गर्यो भन्ने विषयमा मोरङ प्रहरीले फोटो र भिडियोसहित पुनः अनुसन्धान थालेको छ।

मृत्यु भइसकेको ठानी परिवारले दाहसंस्कारसमेत गरिसकेका मोरङको लेटाङ नगरपालिका–५ खेरूवाका ३७ वर्षीय पदमबहादुर राय करिब ६ महिनापछि जीवितै घर फर्किएका छन्। गत माघदेखि सम्पर्कविहीन भएका उनको सुनसरीको चकरघट्टिमा भएको सवारी दुर्घटनामा परेर मृत्यु भएको विश्वासमा परिवारले गत जेठमा अन्त्येष्टि गरेको थियो। तर अचानक उनी घर फर्किएपछि परिवार, आफन्त र स्थानीयवासी आश्चर्यचकित भएका छन्।

पारिवारिक स्रोतका अनुसार दुर्घटनामा परेको शवको अनुहार र शारीरिक बनावट मिल्दोजुल्दो देखिएपछि आफन्तले त्यसलाई पदमबहादुरकै शव ठानेर चिसाङ खोलामा दाहसंस्कार गरेका थिए। त्यसबेला परिवारले दुर्घटना बीमाबापत ५ लाख ५० हजार रुपैयाँ पनि बुझेका थिए। घर छाडेपछि उनी भारतको आसाम क्षेत्रमा बस्दै आएको खुलेको छ। उनी हालै त्यहीँबाट फर्किएपछि परिवारले धार्मिक परम्पराअनुसार जन्म, न्वारान तथा व्रतबन्धसम्बन्धी कर्म पूरा गरेर उनलाई घरभित्र्याएका छन्।

सर्वोच्चका न्यायाधीश फुयाल भन्छन्– हामीले नै प्रधानमन्त्री सचिवालयलाई जानकारी गराएपछि पक्राउ परेका थिए इनम
सर्वोच्चका न्यायाधीश फुयाल भन्छन्– हामीले नै प्रधानमन्त्री सचिवालयलाई जानकारी गराएपछि पक्राउ परेका थिए इनम

प्रहरीद्वारा घटनाको पुनः अनुसन्धान सुरु

पदमबहादुर जीवितै घर फर्किएपछि प्रहरीले उक्त घटनासँग सम्बन्धित पुराना फाइलहरू खोल्दै पुनः अनुसन्धान थालेको छ। मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार परिवारले पदमबहादुर जीवितै रहेको पुष्टि गरेसँगै प्रहरीले घटनासँग सम्बन्धित पुराना तस्बिर र भिडिओहरूको अध्ययन गरिरहेको छ।

‘उहाँ जीवितै फर्किएको कुरा परिवारले पुष्टि गर्नुभएपछि हामी फोटो–भिडिओ हेरेर पुनः अनुसन्धानमा जुटेका छौँ,’ एसपी कटुवालले बताए। उनका अनुसार परिवारले बुझेको बीमा रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ र अनुसन्धानमा राम्रोसँग समन्वय गरिरहेको छ। अबको प्रहरी अनुसन्धान मुख्यतया दुई वटा प्रश्नमा केन्द्रित हुनेछ– त्यसबेला अस्पतालमा राखिएको शवको वास्तविक पहिचान के थियो र परिवारले त्यसलाई पदमबहादुरकै शव कसरी ठहर गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.