१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

व्यक्तिगत आयकरको सीमा परिवर्तनको प्रभाव: चार महिनामा घट्यो १ अर्ब १२ करोड पारिश्रमिक कर

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत आयकरको दर र सीमा हेरफेर गरेसँगै चालु आर्थिक वर्षको पहिलो चार महिनामा पारिश्रमिक कर संकलनमा गिरावट आएको छ।

सेयर:

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत आयकरको दर र सीमा हेरफेर गरेसँगै चालु आर्थिक वर्षको पहिलो चार महिनामा पारिश्रमिक कर संकलनमा गिरावट आएको छ।

📌 मुख्य बुँदाहरू:

  • चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ९ अर्ब ५९ करोड ३० लाख रुपैयाँ मात्र पारिश्रमिक कर संकलन भएको छ।
  • गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ७१ करोड ४३ लाख रुपैयाँ पारिश्रमिक कर उठेको थियो।
  • पारिश्रमिक कर घटे पनि पुँजीगत लाभकर र सम्पत्ति करमा भएको वृद्धिका कारण समग्र आयकर संकलन भने बढेको छ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत व्यक्तिगत आयकरको सीमा र उच्चदर परिवर्तन गरेका थिए।

व्यक्तिगत आयकरको सीमा र दरमा गरिएको परिवर्तनका कारण राज्यको ढुकुटीमा पारिश्रमिक कर बापत उठ्ने राजस्वमा १ अर्ब १२ करोड रुपैयाँभन्दा बढीले कमी आएको छ। अर्थ मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा रोजगारी, तलब, ज्याला र भत्ता सुविधामा लाग्ने पारिश्रमिक कर १ अर्ब १२ करोड १० लाख रुपैयाँले घटेको हो।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म कुल ९ अर्ब ५९ करोड ३० लाख रुपैयाँ पारिश्रमिक कर संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। जबकि गत आर्थिक वर्षको यही अवधिमा १० अर्ब ७१ करोड ४३ लाख रुपैयाँ पारिश्रमिक कर संकलन भएको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत व्यक्तिगत आयकरको सीमा हेरफेर गर्दै वार्षिक १० लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत मात्र कर लाग्ने व्यवस्था गरेका थिए। साथै, आयकरको उच्चदर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा झारिएको थियो। जसको प्रत्यक्ष असर हाल पारिश्रमिक कर संकलनमा देखिएको छ।

समग्र आयकर र पुँजीगत लाभकरमा वृद्धि

पारिश्रमिक कर घटे नि पुँजीगत लाभकर, सम्पत्ति कर, एकलौटी फर्म तथा अन्य शीर्षकबाट उठ्ने आयकर भने २ अर्ब रुपैयाँभन्दा बढीले बढेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। साउनदेखि कात्तिक महिनासम्म व्यक्तिलाई मात्र लाग्ने उपशीर्षकबाट समग्र आयकर २० अर्ब ६५ करोड ११ लाख रुपैयाँ उठेको छ। गत वर्षको सोही अवधिमा यो रकम १८ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ थियो।

यस अवधिमा व्यक्तिलाई लाग्ने पुँजीगत लाभकर ३ अर्ब ६६ करोड ५० लाख रुपैयाँले बढेर ११ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा ७ अर्ब ३७ करोड ८८ लाख रुपैयाँ मात्र पुँजीगत लाभकर उठेको थियो। घर, जग्गा र सेयरजस्ता सम्पत्तिको बिक्रीबाट प्राप्त हुने लाभमा पुँजीगत लाभकर लाग्ने भएकाले यसको संकलन बढ्नुले बजारमा कारोबार चलायमान हुन थालेको संकेत गरेको छ। उता, चिठ्ठा र पुरस्कारजस्ता आकस्मिक लाभबाट उठ्ने कर भने ९२ लाख ४३ हजार रुपैयाँले घटेर १ अर्ब ४२ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।