१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

उद्योगीलाई १० प्रतिशतसम्म नगद अनुदान दिने सरकारको निर्णय

पोहोर असोजमा खारेज भएको नगद अनुदान कार्यक्रमलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ कार्यविधिमार्फत पुनः सञ्चालनमा ल्याएको छ।

सेयर:

पोहोर असोजमा खारेज भएको नगद अनुदान कार्यक्रमलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ कार्यविधिमार्फत पुनः सञ्चालनमा ल्याएको छ।

📌 मुख्य बुँदाहरू:

  • सरकारले उत्पादन तथा उत्पादकत्व अभिवृद्धि र निर्यात प्रवर्धन गर्ने उद्देश्यले उद्योगीलाई १० प्रतिशतसम्म प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ।
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले 'उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि' तयार गरी यो योजना अघि बढाएको हो।
  • प्रोत्साहन रकम पाउनका लागि उत्पादित वस्तु भारतबाहेकका तेस्रो मुलुकमा निर्यात गर्नुपर्नेछ भने उत्पादन पनि अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको हुनुपर्नेछ।

सरकारले उत्पादन तथा उत्पादकत्व अभिवृद्धि र निर्यात प्रवर्धन गर्ने उद्देश्यले उद्योगीहरूलाई १० प्रतिशतसम्म प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ कार्यविधि तयार पारेसँगै रोकिएको नगद अनुदान कार्यक्रम पुनः ब्युँतिएको हो।

पोहोर असोजमा तत्कालीन चुनावी सरकारले स्रोत अभावको कारण देखाउँदै ८ प्रतिशत नगद अनुदान वितरणको कार्यक्रम खारेज गरेको थियो। तर, वर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले यसलाई निरन्तरता दिँदै १० प्रतिशतसम्म वितरण गर्ने गरी नयाँ 'उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि' ल्याएका छन्।

कुन-कुन वस्तुले पाउनेछन् प्रोत्साहन?

नयाँ कार्यविधिअनुसार प्रशोधित चिया, कफी, अलैंची, मह, आयुर्वेदिक औषधि, जुत्ताचप्पल, तयारी पोशाक, हस्तकलादेखि फर्निचर, पार्केटिङ, चाउचाउ, बिस्कुट, पास्ता र चिजबल्ससम्मका वस्तुहरूलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममा समावेश गरिएको छ।

यसबाहेक अदुवा, बेसार, मसला, तरकारी, फलफूल, च्याउ, दूध तथा दुग्धजन्य पदार्थ, वाइन साइडर, पुष्प, एग्रो फरेष्ट्री, स्प्रिङ वाटर, कपास, प्राङ्गारिक मल, बाँस तथा अल्लोजन्य उत्पादन, जडीबुटी, कागज, ऊनी गलैँचा, पस्मिना, छालाजन्य उत्पादन र प्रशोधित पत्थर तथा गरगहना पनि यो सूचीमा समेटिएका छन्।

अनुदान पाउन पूरा गर्नुपर्ने सर्तहरू

प्रोत्साहन रकम प्राप्त गर्नका लागि उद्योगहरूले केही कडा मापदण्ड पूरा गर्नुपर्नेछ। कार्यविधिमा उल्लेख भएअनुसार उत्पादित वस्तु भारतबाहेकका तेस्रो मुलुकमा निर्यात गरिएको हुनुपर्नेछ। साथै, उत्पादन अघिल्लो वर्षको तुलनामा कम्तीमा १० प्रतिशतले बढेको हुनुपर्नेछ।

उक्त प्रोत्साहन रकम उद्योग विभागमार्फत वितरण गरिनेछ भने कुनै पनि उद्योग वा निर्यातकर्ताले एक आर्थिक वर्षमा एकभन्दा बढी वस्तुका लागि दोहोरो प्रोत्साहन रकम पाउन सक्ने छैनन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।