१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नाममात्रको कृषि प्रधान देश नेपाल

सेयर:

एघार महिनामा २८ करोड २ लाख ८० हजार ५ सय रुपैयाँ चामल खरीदकालागि विदेशियो निर्यात भने शुन्य

२६ असार, मेचीनगर : नेपाल कृषि प्रधान मुलुकको रुपमा चिनिए पनि नेपालकै जनता चामलका लागि भारतमा निर्भर हुनुपरेको छ । नेपाली यूवाहरु रोजगारीका लागि विदेश पलायन हुँदा धेरैजसो खेतबारी बाँझै रहने र उत्पादकत्व समेत घट्दै गएका कारण चामलमा परनिर्भरता बढ्दै गएको कृषि विज्ञहरुको भनाई छ ।

प्लान्ट क्वारेन्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कमात्र हेर्ने हो भने चालु आर्थिक वर्ष २०७८/०७९ का साउनदेखि जेठमसान्तसम्म काँकरभिट्टा नाका भएर मात्र २८ करोड २ लाख ८० हजार ५ सय रुपैयाँ चामल खरीदकालागि विदेशिएको छ ।

कार्यालयका बाली संरक्षण अधिकृत देविन्द्र साहुले त्यस अवधिमा नेपालले काँकरभिट्टा नाका भएर मात्र ७ हजार ७ मेट्रिक टन चामल आयात गरेको जानकारी दिनुभयो । तर, सोहि अवधिमा चामलको निर्यात काँकरभिट्टा नाका भएर ठप्प छ । नेपालले भारतका विभिन्न स्थानाबाट चामल आयात गर्ने गरेको कार्यालयको तथ्याङ्कबाट स्पष्ट हुन्छ ।

कुनै बेला चामल निर्यात गर्ने नेपालमा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा बर्सेनि चामल आयात बढिरहेको सरकारी अधिकारीहरु बताउँछन् । चामलको आयात बढ्दै जाने हो भने आगामी वर्षहरुमा नेपालको व्यापार घाटा उच्च बनाउन चामलको भूमिका ठूलो हुने विज्ञहरुको भनाई छ ।

काँकरभिट्टानाकाबाट मात्र वर्षेनी धान आयातमा करोडौं रुपैयाँ बाहिरिने गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कले पुष्टि गर्दछ । कार्यालयका सूचना प्रविधिका कम्प्यूटर अपरेटर अरुण शाहका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म मात्र २ करोड ५२ लाख ६५ हजार ७१ रुपैयाँ बराबरको धान नेपालले आयात गरेको छ । त्यो अवधिमा १ करोड ७० लाख ३६ हजार ३ सय ३८ केजी धान आयात गरेको थियो ।

कृषि प्रधान मुलुकमा प्रचारमुखी कार्यक्रम गरेर विविध कार्यक्रम गरे पनि धानको परनिर्भरता भने बर्सेनी बढ्दै छ । कोभिड–१९ प्रकोपका कारण अधिकांश नेपाली स्वदेशमै बस्नु, कोदो, फापर, मकै, गहुँ सबै किसिमका खाद्यान्न उपभोग नगर्नु, तथा नेपालीहरुको भात खानैपर्ने बानीका कारण चामलको आयात बढेको बताईएको छ ।

देशलाई खाद्य सम्प्रभु तुल्याउन र स्वाधीन अर्थतन्त्रको विकास गर्न कृषि क्षेत्रमा उल्लेख्य लगानी बढाउनु आवश्यक छ । देशको संविधानले खाद्यसम्बन्धी अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । विभिन्न कारणले उत्पन्न हुन सक्ने खाद्य तथा पोषण संकटको अवस्थालाई मध्यनजर गर्दै प्रमुख खाद्यान्न, फलफूल, तरकारी र माछामासु उत्पादनमा आत्मनिर्भरताका लागि कृषिमा नीतिगत, संरचनागत र संस्थागत सुधारको आवश्यकता छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लक्ष्मी उप्रेती

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।