१४ मंसिर २०८३ ☀️ २७°C मेचीनगर
🥇 सुन: रु. २,४८,१०० | 🥈 चाँदी: रु. ३,२१५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

कोशी प्रदेशबाट भूतपूर्व सैनिक सम्मेलन भोलिदेखि सुरु हुँदै

सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा सुरु हुने यस वर्षको सम्मेलनबाट २४ जिल्लाका करिब ५५ हजार भूपूसैनिक लाभान्वित हुनेछन्।

सेयर:

सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा सुरु हुने यस वर्षको सम्मेलनबाट २४ जिल्लाका करिब ५५ हजार भूपूसैनिक लाभान्वित हुनेछन्।

📌 मुख्य बुँदाहरू:

  • सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलिबाट कोशी प्रदेशबाट सुरु हुँदैछ।
  • सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ।
  • कोशी र बागमती प्रदेशका २४ जिल्लामा सञ्चालन हुने सम्मेलनमा करिब ५५ हजार भूपूसैनिकको सहभागिता रहने अनुमान गरिएको छ।

सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि मङ्सिर १४ गतेदेखि कोशी प्रदेशबाट औपचारिक रूपमा सुरु हुँदैछ। अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने, उनीहरूको हित तथा कल्याणका कार्यक्रम प्रभावकारी बनाउने र कोषको दिगोपन सुनिश्चित गर्ने उद्देश्यसहित यो सम्मेलन आयोजना गरिएको हो।

नेपाली सेनाका सहायकरथी एवं सैनिक प्रवक्ता राजेन्द्र श्रेष्ठका अनुसार यस वर्षको सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ तय गरिएको छ। यस पटक कोशी र बागमती प्रदेशका २४ जिल्लालाई समेट्दै २० विभिन्न स्थानमा सम्मेलन आयोजना हुनेछ, जसमा करिब ५५ हजार भूपूसैनिक तथा उनीहरूका आश्रित परिवारको सहभागिता रहने अपेक्षा गरिएको छ।

पूर्वी पृतनाअन्तर्गत पहिलो चरणको कार्यक्रम

पहिलो चरणमा यस वर्ष पूर्वी पृतनाअन्तर्गत सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ र सोलुखुम्बुमा सम्मेलनका कार्यक्रमहरू सञ्चालन हुनेछन्। पृतनाको मुख्यालयमा आयोजना हुने मुख्य सम्मेलनलाई प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनको उद्देश्य र तीन चरणको व्यवस्था

नेपाली सेनाले करिब एक लाख अवकाश प्राप्त सैनिकबीच आत्मीयता र पुनर्मिलनको वातावरण तयार गर्न विसं २०७० देखि नियमित रूपमा यो सम्मेलन सञ्चालन गर्दै आएको छ। ‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ भन्ने भावनाका साथ अवकाश प्राप्त सैनिक तथा तिनका आश्रित परिवारको शिक्षा, स्वास्थ्य, सुविधा, सहुलियतका साथै सीप तथा स्वरोजगारमूलक कार्यक्रमहरू सैनिक कल्याणकारी कोषमार्फत सञ्चालन हुँदै आएका छन्।

हरेक प्रधान सेनापतिको कार्यकालमा प्रत्येक प्रदेशमा एकपटक आयोजना हुने यस सम्मेलनलाई थप वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरिँदै आएको छ। यसैअनुरूप आगामी मङ्सिर २५ गतेसम्म विभिन्न जिल्लाहरूमा कार्यक्रमहरू सम्पन्न हुनेछन्।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।